मङ्गलबार, ०४ अगस्ट २०२६

पासपोर्ट खरिदमा भ्रष्टाचार भएको अख्तियारको ठहर, तीर्थराज अर्यालसहित १८ विरुद्ध मुद्धा दायर

News Image
• • •

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित भ्रष्टाचार मुद्धा दायर गर्ने तयारी गरेको छ।

अख्तियारको अनुसन्धान र निर्णयको फाइल बोकेर विशेष अदालत पुगिसकेको छ।

अख्तियार उच्च स्रोतका अनुसार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाइएको छ। अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो।

विशेष अदालतका सूचना अधिकारी पार्वती हितानीका अनुसार भ्रष्टाचार मुद्धामा अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ। अन्य प्रतिवादीको नाम अख्तियारले तत्काल सार्वजनिक गरेको छैन।

मुद्धामा विशिष्ट राजनीतिज्ञहरूलाई समेत प्रतिवादी बनाइएको अनुमान गरिएको छ। सोही कारण अहिले विशेष अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियारका पदाधिकारीहरूलाई सिंहदरबार बोलाएर चेतावनी नै दिएपछि अख्तियारले पासपोर्ट खरिद प्रकरणमा भएको अनियमिततामा फास्ट ट्र्याकमा अनुसन्धान टुंग्याएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!