नेतृत्व तहमा महिलाको सहभागितामा वृद्धिः मन्त्री थापा

फाइल तस्बिर

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले किशोरीहरुलाई भावी पुस्ताको नेतृत्वका लागि तयार हुन आग्रह गरेका छन् ।

लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षलाई प्रभावकारी बनाउन आवश्यक रणनीति तर्जुमा गर्ने उद्देश्यले सोमबार आयोजना गरिएको छलफल कार्यक्रममा उनले भने, “विगतमा राजनीति गर्ने महिलाले गरेको मेहनत र बगाएको पसिनाका कारण आज राजनीतिक आर्थिक र सामाजिकलगायत सबै क्षेत्रमा महिलाको नेतृत्वमा वृद्धि भएको छ ।”

मन्त्री थापाले सामाजिक समस्या निराकरणका लागि प्रभावकारी भूमिका निर्वाह गरेर भोलिका नेतृत्वका लागि तयार हुन किशोरीहरुलाई आग्रह गर्दै लैङ्गिक समस्या समाधानका लागि किशोरीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

किशोरी सञ्जालकी अध्यक्ष महिलाहरु घरको काममा मात्र सीमित नभएर सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न अग्रसर हुनुपर्ने बताए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २०७६ लाई लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षका रुपमा मनाउन लागेको हो ।

प्रकाशित मिति: : 2019-10-21 20:42:43

प्रतिकृया दिनुहोस्