अधबैँसेहरुको मृत्युको पहिलो कारण क्यान्सर

विशेष गरी विकसित देश या उच्च आय भएका देशका अधबैँसे व्यक्तिको मृत्युको कारण कार्डिओभास्कुलर डिजिज भन्दा बढी क्यान्सर रहेको देखिएको छ ।

पछिल्लो एक अध्ययनमा उच्च आय भएका देशका अधबैँसे व्यक्तिको मृत्युका कारणहरुको सूचिमा क्यान्सर अघि आएको हो । यसअघि कार्डिओभास्कुलर डिजिज मृत्युको प्रमुख कारण थियो ।

अहिले पनि कार्डिओभास्कुलर डिजिज मृत्युको प्रमुख कारण मध्ये मै पर्छ तर त्यो भन्दा क्यान्सरले धेरैको ज्यान लिएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

विश्वव्यापी रुपमा भने अझै पनि अधबैँसे व्यक्तिहरुको मृत्युको प्रमुख कारणमा मुटु सम्बन्धी समस्या र स्ट्रोक रहेका छन् । तर धनी देशका व्यक्तिहरुमा भने क्यान्सर पहिलो कारण देखिएको हो ।

यी देशका अधबैँसे व्यक्तिको मृत्युको कारण कार्डिओभास्कुलर डिजिज भन्दा क्यान्सर साढे दुई गुणा बढी रहेको देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

प्रकाशित मिति: : 2019-09-04 08:51:07

प्रतिकृया दिनुहोस्