माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
बिएल संवाददाता
फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले अष्ट्रेलियासँग पराजित भएकाे छ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा जारी खेलमा नेपाल अष्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित भएकाे हाे।

अष्ट्रेलियाका लागि खेलको छैटौं मिनेटमा म्याथ्यु लेकीले पहिलाे गाेल गरे। त्यसपछि खेलको ३८ औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाए। त्यस्तै खेलको ५७ औं मिनेटमा मार्टिन बोयलले तेस्राे गाेल गरेका थिए।
नेपालका राेहित चन्दले रेड कार्ड पाउदा नेपाल १० जना खेलाडीमा सिमित बनेकाे थियाे। हारसँगै नेपालको विश्वकपको तेस्रो चरण खेल्ने सम्भावना यसअघि नै सकिएको छ। एसियन कपकाे लागि प्ले अफबाट तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ।
जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा प्रवेश गरेकाे छ। अष्ट्रेलियाले ७ खेलमा २१ अंक सहित शीर्ष स्थान रहेकाे छ। यस समूह 'बी' मा अष्ट्रेलिया अपराजित रहने एक्लो टिम हो।
नेपालले भने ८ खेलमा ६ अंक जोड्दै चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ।
(सबै फाेटाे कुवैत एफए)
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया