‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले अष्ट्रेलियासँग पराजित भएकाे छ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा जारी खेलमा नेपाल अष्ट्रेलियासँग ३-० गोल अन्तरले पराजित भएकाे हाे।

अष्ट्रेलियाका लागि खेलको छैटौं मिनेटमा म्याथ्यु लेकीले पहिलाे गाेल गरे। त्यसपछि खेलको ३८ औं मिनेटमा फ्रान करासिकले गोल गर्दै अष्ट्रेलियालाई २-० को अग्रता दिलाए। त्यस्तै खेलको ५७ औं मिनेटमा मार्टिन बोयलले तेस्राे गाेल गरेका थिए।
नेपालका राेहित चन्दले रेड कार्ड पाउदा नेपाल १० जना खेलाडीमा सिमित बनेकाे थियाे। हारसँगै नेपालको विश्वकपको तेस्रो चरण खेल्ने सम्भावना यसअघि नै सकिएको छ। एसियन कपकाे लागि प्ले अफबाट तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ।
जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा प्रवेश गरेकाे छ। अष्ट्रेलियाले ७ खेलमा २१ अंक सहित शीर्ष स्थान रहेकाे छ। यस समूह 'बी' मा अष्ट्रेलिया अपराजित रहने एक्लो टिम हो।
नेपालले भने ८ खेलमा ६ अंक जोड्दै चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ।
(सबै फाेटाे कुवैत एफए)
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया