प्रचण्डलाई सन्तोष परियारकाे आग्रह- तपाईंको नेतृत्वमा सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सबैभन्दा राम्रो संविधान आएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई फेरि दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउन नेतृत्व गर्न आग्रह गरेका हुन्।

उनले भने, ‘म युद्ध विरोधी मानिस हुँ तर मिलाउनुहोस्, प्रचण्डको नेतृत्वमा संविधान बन्यो। फेरि एकपटक नेतृत्व गर्दिनुहोस् म अनुरोध गर्न चाहन्छु। तपाईंको नेतृत्वमा भएकामध्ये सबैभन्दा राम्रो संविधान आयो, फेरि नेतृत्व गरिदिनुस्, दलित, महिला, मधेश पहिचानको पक्षमा संविधान बनाउने नेतृत्व गरिदिनुस्’, परियारले भने।

उनले संविधान संशोधन गरेका देशहरु नै धेरै समय टिक्ने कारण संशोधनबाट डराउनु नपर्ने भन्दै बरु समयअनुकूल संशोधन गरेर अघि बढ्नुपर्ने बताए।

उनले सरकारले संविधान संशोधनको मुद्दा अघि सारेपनि नियतमा प्रश्न उठेको बताए।

प्रकाशित मिति: : 2024-09-23 16:10:00

प्रतिकृया दिनुहोस्