सन्दर्भ : वातावरण दिवस

हाम्रो घर र जीवनः वातावरण कसरी बन्याे ?

विजय बस्नेत

काठमाडौँ
Breaknlinks
Breaknlinks

एउटा धेरै ठूलो कुरा सोच्नुहोस्।

कुनै अनौठो, जुनबिना यस धर्तिमा कुनै पनि 'इकोसिस्टम' एक कदम अघि नबढोस्। अझै सोच्नुहोस्। अनि व्याख्या गर्नुहोस् सोचेको आनौठो कुराको। त्यो व्याख्या जसले संसार चलिरहेको छ। अनि चलिरहेको छ घर र जीवन।

सबै जीव तथा परजीविहरुको सम्पुर्ण जीवन प्रकृयाहरु वातावरणले जोगाएर राखेको छ। तर अहिले मानवको मानसपटलमा अहंकार जन्मिरहेको छ। र भनिरहेको छ, मानव आफैले सबै प्रक्रियाहरु चलाउदै आएको छ।

यस्तै अहंकार अघि बढ्दै गएमा मानवको अस्तित्वमा दाग लाग्न सक्दछ। यस्ता क्रियाकलापहरु हामीले मानसपटलबाट हटाउनु पर्दछ। अनि आफ्नै घर र जीवन मानेर जोगाउनु पर्छ, हाम्रो सदियौँदेखिको स्वच्छ र शुन्दर वातावरणको परिधिलाई।

सम्पुर्ण सृष्टिको उत्पत्ति आजभन्दा करिब १३.७ अर्ब बर्ष पहिले बिग ब्याङ्गबाट भएको विज्ञानले ब्याख्या गरेको छ। यस्तै पृथ्वीको उत्पत्ति करिव ५ अर्ब वर्ष पहिले भएको थियो। जतिबेला पृथ्वीमा जम्मा ६ घण्टाको दिन र रात हुन्थ्यो।

करिब ३०० करोड वर्ष पहिले पृथ्वीमा पहिलो जीवको उत्पत्ति भयो। जतिबेला एक कोषिय जीव र डि.एन.ए. (DNA) को उत्पत्ति भयो।

यो प्रकृयाले पृथ्वीमा जीव उत्पत्ति हुने वातावरण बिल्कुलै बन्दैन्थ्यो।  पृथ्वीमा जीव विकासको लागि ठूलो क्रान्ति चाहिएको थियो। त्यही क्रान्ति ४.५ अर्ब वर्ष पहिले सफल भयो। करिब ४.५ अर्ब वर्ष पहिले पृथ्वीसंग एउटा ठूलो आकाशीय पिण्ड ठोकियो। पृथ्वीमा ठोकिएको पिण्डले चन्द्रमाको जन्म गरायो। पृथ्वीमा ६ घण्टाबाट बढेर २४ घण्टाको दिन रात हुन थाल्यो। त्यही क्रान्ति नै जीव विकासको ठूलो वातावरण बन्यो।

करिब ४.४० करोड वर्ष पहिले पृथ्वीमा पानीको विकासक्रम हुन थाल्यो। जतिबेला पानी पृथ्वीको आकाशमा बादलको रुपमा बन्दै थियो। करिब ३८० करोड वर्ष पहिले पृथ्वीको सतहमा पानीको वर्षा भयो।

विस्तारै पानीले पृथ्वीमा विभिन्न प्रकृया गराउदै लग्यो। करिब ३०० करोड वर्ष पहिले पृथ्वीमा पहिलो जीवको उत्पत्ति भयो। जतिबेला एक कोषिय जीव र डि.एन.ए. (DNA) को उत्पत्ति भयो।

करिब २५० करोड वर्ष पहिले जीवहरुले अक्सिजनको महसुस गर्न थालेका थिए। समुन्द्रदेखि अक्सिजन बनेर पृथ्वीको वरिपरी फैलदै गयो। करिब २०० करोड वर्ष पहिलेदेखि पृथ्वीमा अहिलेको जस्तो वातावरणको विकास हुन थालेको थियो। आकाश निलो देखिन थालेको। अक्सिजनको मात्रा बढ्न थालेको। ओजोन तह बन्ने जस्ता प्रकृयाहरुको विकास यसै समयदेखि शुरु भएको थियो।

करिब ५० करोड वर्ष पहिले पृथ्वीमा घाँस तथा वनस्पतिको उत्पत्ति शुरु भएको थियो। करिब ४० करोड वर्ष पहिले जीवहरु पानीबिना जिउन सिक्दै थिए। विस्तारै पानी छोडेर जमिनमा आउन थले। करिब ३० करोड वर्ष पहिले पृथ्वीको जमिनमा स्थल जीवहरुको विकास तिब्र रुपले बढ्दै गयो। करिब ५ करोड वर्ष पहिले जमिन एकै ठाउँमा थियो।

यसै समयमा जमीन विभिन्न महाद्विपहरुमा बाँडिएको थियो। करिब १ करोड वर्ष पहिले पृथ्वीमा  'आईस एज' शुरु भएको थियो। यसै समयमा पृथ्वीमा भू–हलचलको प्रकृया हुँदा पहाडहरु तथा मैदानहरु बन्न पुगेका थिए।

करिब ६५ लाख वर्ष पहिले अन्नवाली प्रजातीका घाँसहरुको उत्पत्ति भएको थियो। यसै समयमा नै आधुनिक मानव प्रजातीको विकासक्रम शुरु भएको थियो। मानव प्रजातिहरु विभिन्न चरणहरु पार गर्दै अघि बढ्दै गए।

करिब ५० हजार वर्ष पहिले 'आईस एज' शुरु भयो। 'आईस एज' शुरु भएपछि समुन्द्रहरुको पानी जम्न थाल्यो। पानी जम्न थालेपछि पृथ्वीमा जमीनको रुप देखिन थाल्यो। मानव प्रजाति विभिन्न खोजिको कार्यमा 'आइस एज'मा नै विश्वभरिमा फैलदै गए।

जमेको पानी पुनः पग्लदै गएपछि मानव प्रजाति जुन ठाउँमा पुगेका थिए, त्यही ठाउँमा रोकिन पुगे। विकासक्रमसँगै सबै आफ्नै क्षेत्रमा वसोवास गर्दै वातावरणसँग अनुकुलन हुन थाले। त्यसपछि बिस्तारै पृथ्वीमा सम्पुर्ण जीवहरुका इकोसिस्टमहरु विस्तार हुन थाले। यसै समयमा नदी तथा तालहरु आ–आफ्नै स्वरुपमा विस्तार हुँदै गए।

कयौँ इकोसिस्टमलाई एक वातावरणले संरक्षण गरेको छ। जब वातावरणमा कुनै समस्या हुन थाल्दछ, इकोसिस्टमहरुमा पनि समस्याहरु देखा पर्न थाल्दछन्।

यसरी नै वातावरणले अहिलेका जीवहरुको इकोसिस्टमलाई बाँधेर अघि बढाइरहेको छ। कुनै खुल्ला आकाश भएको मैदानमा सम्पुर्ण जीवहरु आ–आफ्नै तरिकाले रमाइरहेका हुन्छन्। जीवहरु हावा, पानी, माटो, ढुङ्गा, घाँस, विरुवा जस्ता प्राकृतिक थाेकहरूसँग रमाइरहेका हुन्छन्। मानिस सबैको क्रियाकलाप हेर्दै रमाइरहेका हुन्छन्। जहाँ सबै जीव, घाँस तथा विरुवाहरु एक अर्कामा परिपुरक हुँदै जीवन प्रकृया अघि बढाइरहेका छन्। जुन प्रकृयाले एउटा इकोसिस्टम चलिरहेको छ।

यस्ता कयौँ इकोसिस्टमलाई एक वातावरणले संरक्षण गरेको छ। जब वातावरणमा कुनै समस्या हुन थाल्दछ, इकोसिस्टमहरुमा पनि समस्याहरु देखा पर्न थाल्दछन्। सम्पुर्ण प्रकृयाको वनावट मिलाएर वातावरणले जीवहरुलाई जिउने इकोसिस्टम बनाएको हुन्छ।

हाम्रो वरपरको वातावरण हामी सधै रमाईलो नै देख्दछौँ। जहाँ वातावरणले सम्पुर्ण क्रियाकलापहरु सजिलै विस्तार गरिरहेको छ। स्वच्छ वातावरणले सम्पुर्ण जीवको विकासक्रमलाई अनुकुलनका साथ तिब्र रुपमा अघि बढाउदछ। अहिले वातावरणले अस्वच्छताको रुप लिन थालेको छ। जसले गर्दा इकोसिस्टममा हलचल हुन थालेको छ।

मानव प्रजातिको एकलौटी विकासक्रमले अहिले अन्य जीवहरुलाई अनेक समस्याहरु देखा पर्न थालेका छन्। वातावरणमा फेरबदल भएमा इकोसिस्टममा पनि हलचल हुन्छ। जसले हाम्रो खेल्ने ठाउँ, फेर्ने सास, खाने आहारा, बस्ने ठाउँ जस्ता कुराहरुमा ठुलो परिवर्तन हुन जान्छ। इकोसिस्टम बिग्रनुमा मुख्य प्रजातिको क्रियाकलाप नै जिम्मेवार रहन्छ। कुनै प्रजातीको विनाश र उत्पत्ति हूनु स्वभाविक हो। तर विनाश हुने क्रम बढी भएमा इकोसिस्टम बिग्रन जान्छ। अहिले विनाशको क्रम उत्पत्तिभन्दा बढी छ। यसमा मुख्य कारण मानविय क्रियाकलाप जिम्मेवार रहेका छन्।

आजभन्दा करिब ५० वर्षअघि पृथ्वीको इकोसिस्टम समान थियो। विस्तारै मानव विकासक्रम अघि बढ्दै गएपछि अहिले इकोसिस्टम खलबलिएकाे छ। विशेष गरेर विज्ञान, प्रविधि र औद्योगिक क्रान्तिमा भएको तिब्र विकासले वातावरणलाई समस्यामा पारेका छन्। साथै मानवको बढ्दो जनसङ्ख्या, वनजङ्गल डढेलो र विनाश जस्ता क्रियाकलापले पनि वातावरणलाई प्रदुषण पारेका छन्। व्यपक कार्वन उत्सर्जन, हरितगृहका ग्यास तथा घातक ग्यासहरु पनि सिर्जित भइरहेका छन्। जसले गर्दा स्वच्छ वातावरण मेटिन थालेको छ। ओजोन तह टुक्रिदै गएको छ। इकोसिस्टम विग्रदै अघि बढेको छ। यस्तै समस्याहरु जटिल बन्दै गइरहेका छन्। वातावरण विपरित क्रियाकलापले भविष्यमा इकोसिस्टमलाई ठूलो असर पारेर विभिन्न जीवहरुको अस्तित्वलाई सधैँको लागि मेटाउन सक्दछ।

जब कुनै कार्य बिग्रदै अघि बढ्दछ त्यसलाई रोक्न सकिन्छ। तर कुनै कार्य पुर्ण रुपले बिग्रन्छ त्यसलाई फर्काउन सकिदैन। हाम्रो वातावरण अहिले तिव्र रुपले बिग्रदै गइरहेको छ। जसलाई रोक्न सकिन्छ। वातावरण विगार्ने तत्वलाई रोकिदिएमा वातावरण स्वच्छ सफा र शुन्दर हुन्छ।

सम्पुर्ण मानवीय क्रियाकलापलाई वातावरणीय अनुकुलन बनाउँदै मानव विकास अघि बढाउनु पर्दछ। विभिन्न जीवका प्रजातिलाई समयानुकुल बाँच्ने वातावरण मिलाएर अघि बढ्नु पर्दछ। मानव अहिले धर्तिको मुख्य प्रजातिमा नेतृत्व गरिरहेको छ। सबैलाई समान प्रणालीमा अघि बढाएर वातावरणलाई सदियौं अगाडी  पुर्‍याउन मानव प्रजातिले ठूलो भूमिका खेल्नुपर्छ।

हाम्रो वरपरको वातावरण जब शान्त, सफा र शुन्दर बन्दछ सबै जीवहरु एकदमै खुशी हुँदै रमाउन थाल्दछन्। वातावरणले नै मानव तथा अन्य जीवहरुको स्वास्थ्यमा ख्याल राख्ने गर्दछ। साथै प्राकृतिक विपदको पाठ पनि सिकाउदछ। कुनै व्यक्ति एक मैदानमा पुगेर स्वच्छ हावा लिंदै रमाउने गर्दछ। त्यतिबेला त्यहाँको वरपरको माहोलले उसलाई साँच्चिकै घर र जीवनको माया पलाउँछ।

त्यसरी नै हामीले वातावरणलाई आफ्नो घर र जीवन सम्झेर संरक्षण गर्नुपर्दछ। यसरी नै शान्त, सफा र शुन्दर इकोसिस्टमलाई बचाउनु पर्छ।

प्रकाशित मिति: : 2021-06-05 07:29:00

प्रतिकृया दिनुहोस्