बिएल संवाददाता
कास्कीको पोखरा महानगरपालिका ८ सिमलचौरबाट लागू औषधसहित चारजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका-७ रत्नचोक बस्ने २८ वर्षको मनोज रेग्मी, पोखराका २८ वर्षीय राज बहादुर पौडेल, राजेश बहादुर पौडेल र २३ वर्षकी रोज कुँवर छन्।
सोमबार कास्की जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
सिमलचौरस्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्दा ग१७प ७२३४ नम्बरको मोटर साइकल र ग१४प ३३५९ नम्बरको मोटर साइकलबाट केही ट्याब्लेट र मोवाइल दुई थान वरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया