
बिएल संवाददाता
कास्कीको पोखरा महानगरपालिका ८ सिमलचौरबाट लागू औषधसहित चारजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका-७ रत्नचोक बस्ने २८ वर्षको मनोज रेग्मी, पोखराका २८ वर्षीय राज बहादुर पौडेल, राजेश बहादुर पौडेल र २३ वर्षकी रोज कुँवर छन्।
सोमबार कास्की जिल्ला प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
सिमलचौरस्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्दा ग१७प ७२३४ नम्बरको मोटर साइकल र ग१४प ३३५९ नम्बरको मोटर साइकलबाट केही ट्याब्लेट र मोवाइल दुई थान वरामद गरिएको छ।
पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया