राज्य नै नपुगेको प्राचीन हिमाली बस्ती लाप्ची

दोलखाको विगु गाउँपालिका–१ मा पर्ने एउटा पुरानो लाप्ची गाउँ। लामाबगरबाट डेढ दिन लाग्छ हिँडेर त्यहाँ पुग्न। ५० घरधुरी शेर्पा जातिको बसोबास रहेको उक्त बस्तीमा राज्यको उपस्थिति छैन। आफ्नै गाउँपालिकाको ऐतिहासिक बस्तीको यस्तो हालत देख्दा जनप्रतिनिधि नै चकित परे। विगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले त्यहाँ राज्यको उपस्थिति नभएको महसुस गरे।

लाप्ची गाउँका स्थानीयमा वृद्धभत्ता पाइन्छ भन्ने जानकारी थिएन। नागरिकता बनाउन ६० हजार रूपैयाँसम्म खर्च लाग्छ भन्ने भ्रम थियो उनीहरूमा। विगु गाउँपालिका वडा नं १ बाट हिँडेर डेढ दिन लाग्ने उक्त गाउँ छायाँमा परेको छ। उपाध्यक्ष ओली ऐतिहासिक गाउँमा राज्यका निकायको ध्यान पुग्न नसकेको स्वीकार गर्छन्। सिमावर्ती यो गाउँमा बौद्ध धर्मालम्वीको ऐतिहासिक प्राचीन बस्ती छ। भीरभीरमा गुम्बा र बहुमूल्य वस्तु सजाएर राखिएको छ यहाँ। लामाहरूको बसोबास रहेको यो गाउँलाई राज्यले चिनाउन सकेको छैन।

प्रकाशित मिति: : 2019-08-15 16:12:49

प्रतिकृया दिनुहोस्