ओली फर्कन लागेको बेला किन सिंगापुर जाँदैछन् गौतम र पौडेल ?

विष्णु र वामदेव : ओलीलाई लिनकै लागि जान लागेका हुन् त ? तस्बिर : फाइल ।

सिंगापुरमा उपचार गराइरहेका नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली बुधबार उपचार सकेर शुक्रबार नेपाल फर्किने समाचार पठाएका थिए । तर, मंगलबार नै उनकै पार्टी नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेले उनको स्वास्थ्य अवस्था बुझ्न त्यसतर्फ जान लागेको समाचार बाहिरिएको छ ।

मंगलबार जाने, बुधबार ओलीको उपचार सकिने अनि शुक्रबार सँगै फर्किने - गौतम र पौडेलको यस्तो आइटीनरी सार्वजिक भएको छ । उनीहरू पार्टीको प्रतिनिधिका रूपमा त्यता जान लागिएको पनि बताइएको छ । 

पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका बारेमा यतिका दिनसम्म पनि नबोेलेको नेकपाका दुई वरिष्ठ नेता गौतम र पौडेल ओली फर्किने बेलामा सिंगापुर जान लागेको समाचारलाई जो कोहीले पनि स्वभाविक रूपमा लिएका छैनन् । नेकपा पार्टी भित्रै पनि यसले एक किसिमको तरङ्ग पैदा गरिदिएको छ । 

सम्माननीय प्रधानमन्त्री तथा नेकपाका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरमा उपचाररत हुनुहुन्छ । नेपालबाट लर्को लागेर सिङ्गापुर जाने मान्छेहरूले विरामी भेट्न त खासै पाउदैनन् । यो कुरा तिनीहरूलाई प्रस्थान गर्नुपूर्व नै जानकारी हुन्छ । तैपनि हुल बाँधेर किन त्यता गएका होलान् ? विरामीलाई स्वास्थ्यलाभको कामना गरे पुग्नेमा किन यसरी डिस्टर्ब गरिरहेका होलान् ? चाकडी, चाप्लुसी र चुक्लीको यो लज्जास्पद बानीमा कहिले सुधार होला ? जबकि पानी र बानी माथिबाट तलतिर प्रवाह हुने गरेको पाइन्छ । यसरी लर्को लागेर जानेहरूले गर्ने आतेजाते हवाई भाडा, होटल बसाइ, यातायात र अन्य न्यूनतम खर्च जोड्दा विरामीको उपचार खर्चभन्दा निकै बढी हुन जाने निश्चित छ। 
खासमा सिङ्गापुर पुगेर उपचारमा बाधा पु-याउनेेहरू मित्र हुन् कि शत्रु त ? काम नहुनेहरूको हुलमुलप्रति गंभीर प्रश्न उठेको छ ! यसो गर्न आवश्यक नै छैन ।
यो हुल त यहाँ छॅदैथियो ! प्रधानमन्त्रीको उपचार यहाँ संभव नभएर नै त्यहाँ लैजानु परेको तथ्य हो । यो कुरा बुझ्नु पर्दैन ?
हनुमानहरूदेखि सावधान !
सूर्य थापा, उपप्रमुख, प्रचार विभाग, नेकपा

पार्टीका प्रचार विभागका उपप्रमुख सूर्य थापाले फेसबुकमा एउटा लामो स्टाटस गै लेख़ेर प्रश्न गरेका छन्- 'खासमा सिङ्गापुर पुगेर उपचारमा बाधा पु-याउनेेहरू मित्र हुन् कि शत्रु त ? काम नहुनेहरूको हुलमुलप्रति गंभीर प्रश्न उठेको छ ! यसो गर्न आवश्यक नै छैन ।'

उनले हनुमानहरूदेखि सावधान भन्दै थपेका छन् - यो हुल त यहाँ छॅदैथियो ! प्रधानमन्त्रीको उपचार यहाँ संभव नभएर नै त्यहाँ लैजानु परेको तथ्य हो । यो कुरा बुझ्नु पर्दैन ?

यसैगरी सामाजिक सञ्जालमा केहीले फर्कन लागेका पार्टी अध्यक्षलाई लिन सिंगापुर नै जान लागिएको हो कि ? भनेर पनि प्रश्न गरेका छन् । केहीले ओलीको सवारी चलाउन बामदेव र विष्णु सिंगापुर जान लागेको भनेर पनि टिप्पणी गरेका छन् ।

 

 

 

 

प्रकाशित मिति: : 2019-09-03 05:02:23

प्रतिकृया दिनुहोस्