बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किँदा त्रिभुवन विमानस्थल ठप्प भएको छ। भिभिआइपीको सवारी हुँदा विमानस्थल ठप्प पारिने कार्यले यात्रामा रहेका सयौँ यात्रु अलपत्र परेका छन्।
तीन दिन भएको अविरल वर्षामा गन्तव्यमा जान नसकेका नागरिक मौसम सफा भएपछि गन्तव्यमा पुग्न विमानस्थलमा यसै पनि भिड रहेको छ। सो समयमा विमानस्थल ठप्प पारिँदा यात्रु थप मर्कामा परेका छन्।
संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन गत असाेज ४ गते न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली सोमबार सवा ४ बजे विमानस्थलमा आइपुगेका थिए।
उनी कतार एयरलाइन्सको जहाजबाट काठमाडौँ आइपुगेका हुन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिनुका साथै अमेरिका भ्रमणमा ११ खर्चिएका छन्।
उनी अमेरिका भ्रमणमा हुँदा यता नेपालमा भने बाढीले जनधनको क्षति गरेको छ। उनी नेपाल आइपुग्दासम्म २०० जनाको बाढी–पहिरोमा परी मृत्यु भइसकेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया