बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किँदा त्रिभुवन विमानस्थल ठप्प भएको छ। भिभिआइपीको सवारी हुँदा विमानस्थल ठप्प पारिने कार्यले यात्रामा रहेका सयौँ यात्रु अलपत्र परेका छन्।
तीन दिन भएको अविरल वर्षामा गन्तव्यमा जान नसकेका नागरिक मौसम सफा भएपछि गन्तव्यमा पुग्न विमानस्थलमा यसै पनि भिड रहेको छ। सो समयमा विमानस्थल ठप्प पारिँदा यात्रु थप मर्कामा परेका छन्।
संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन गत असाेज ४ गते न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली सोमबार सवा ४ बजे विमानस्थलमा आइपुगेका थिए।
उनी कतार एयरलाइन्सको जहाजबाट काठमाडौँ आइपुगेका हुन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिनुका साथै अमेरिका भ्रमणमा ११ खर्चिएका छन्।
उनी अमेरिका भ्रमणमा हुँदा यता नेपालमा भने बाढीले जनधनको क्षति गरेको छ। उनी नेपाल आइपुग्दासम्म २०० जनाको बाढी–पहिरोमा परी मृत्यु भइसकेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया