कोरोना अपडेट

थप ७६४ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु

फाइल तस्वीर
फाइल तस्वीर

पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार ३३ जना निको भएका छन्।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २१० पुगेको छ भने ७ लाख ७४ हजार १७३ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन्। जसमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ३१३ जना आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन्। यस्तै २४१ जना क्वारेन्टिनमा छन्।

यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५० जना कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित मिति: : 2021-10-08 16:36:00

प्रतिकृया दिनुहोस्