इन्डोनेशियाको राजधानी जकार्ताबाट सार्ने तयारी

Agency

इन्डोनेशियाले आफ्नो राजधानी सार्ने भएको छ। इन्डोनेशियाको हालको राजधानी जकार्ता हो। तर, उसले भविष्यमा आउन सक्ने चेतावनीका बीच देशको राजधानी सारेर बोर्नियोलाई बनाउने योजना अघि सारेको छ।

एक अनुमान अनुसार केही वर्षभित्र जर्काता पानीले डुब्न सक्ने बताइएको छ। यस्तै, भविष्यमा यातायातको गम्भीर समस्याको विकल्पको रुपमा पनि बोर्नियालाई राजधानीको रुपमा प्रस्ताव गरिएको छ।

याे पनि।

कुरा गुम्स्याउँदा युवायुवतीमा बढ्दै छ मानसिक रोग (भिडियो सहित)

शुरु भयो नाडा अटो शो (भिडियो सहित)

कश्मिरकी अन्तिम हिन्दु रानी कोटाको विषयमा फिल्म बन्ने

इन्डोनेशिया मात्र पहिलो राष्ट्र होइन, जसले आफ्नो पुरानो राजधानी बदलिएको। यसअघि कजाकिस्तानले सन् १९९७ मा अस्ताना शहरमा राजधानी सारेको थियो। सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएपछि कजाकिस्तानको राजधानी अलमाटी थियो। उसले ६ वर्षभित्र नै १२ सय किलोमिटर टाढा आफ्नो राजधानी सारेको हो।

यस्तै, नाइजेरियाको पहिलो राजधानी लागोसलाई सारेर अबुजामा लगिएको थियो। सन् १९१४ मा लागोस नाइजेरियाको राजधानी थियो। सन् १९८० मा पुननिर्माणको कार्य सुरु गरेर १९९१ मा अबुजालाई राजधानी बनाइएको थियो।

यस्तै, १९४८ देखि २००५ सम्म बर्माको राजधानी रंगुन थियो। तर, यसलाई बदलिएर नेपिडो शहरलाई राजधानी बनाइयो।

सन् १८९९ सम्म बोलिभियाको राजधानी सुक्रे थियो। तर, यसलाई सारेर ला पाज बनाइएको थियो।

ब्राजिलको पनि पहिले राजधानी रियो डि जेनेरो थियो। तर ट्राफिक जाम र जनसंख्याको चाप बढेपछि ब्रासिलियालाई राजधानी बनाइयो।

याे पनि।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

 

प्रकाशित मिति: : 2019-08-27 22:03:31

प्रतिकृया दिनुहोस्