पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
बिएल संवाददाता
नेपालकाे एकदिवसीय विश्वकप खेल्ने सपना अधुरै भएकाे छ।
जिम्बाव्बेमा जारी छनाेट प्रतियाेगिताकाे अन्तिम खेलमा नेदरल्याण्डसँग ७ विकेटले पराजित भएकाे छ। याे सँगै नेपाल विश्वकप छनाेट चरणबाट बाहिरिएकाे छ।
शनिबार जिम्बाब्वेस्थित टाकाशिंका स्पोर्टस् क्लबमा नेपालले दिएकाे १ सय ६८ रनकाे सामान्य लक्ष्य नेदरल्याण्डले २७ दशमलव १ ओभरमा मात्रै ३ विकेट गुमाएर पूरा गर्याे।
नेदरल्याण्डका म्याक्सवेल ओ’डाउडले ९०, विक्रमजित सिंहले ३०, वेस्ली ब्यारेसीले ३ तथा डिलडले ४१ रन बनाए।
नेदरल्याण्डविरुद्ध सन्दीप लामिछानेले २ र गुलशन झाले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर मात्रै १ सय ६७ रन बनाएकाे थियाे। नेपाल कुनै पनि ब्याट्स म्यानले राम्राे प्रदर्शन गर्न सकेनन्।
नेपालका कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २७, आरिफ शेख ७, भीम सार्की २२, कुशल मल्ल १२, दीपेन्द्र सिंह ऐरी १२, गुलशन झा १५, सन्दीप लामिछाने २७ र करण केसीले १ रन बनाएर आउट भए।
याे सँगै नेपाल विश्वकप छनाेटकाे प्रतिस्पर्धाबाट बाहिरिएकाे छ। छनाेट प्रतियाेगिताअन्तर्गत जिम्बाब्वेमा भएका ४ खेलमध्ये नेपालले मात्रै १ मा जित निकाल्याे।
पहिलाे खेलमा आयाेजक जिम्बाब्वेसँग पराजित भएकाे नेपालले दाेस्राे खेलमा संयुक्त राज्य अमेरिकालाई पराजित गरेकाे थियाे। भने, तेस्राे खेलमा दुई पटककाे एकदिवसीय विश्वकप विजेतासँग पराजित भएकाे थियाे। त्यसयता आजकाे खेलमा पनि नेपाल पराजित भयाे।
यदि नेपालले आजकाे खेल जितकाे भए सुपर सिक्समा प्रवेश गर्ने थियाे।
छनाेट प्रतियाेगताअन्तर्गत समूह ए'मा रहेकाे नेपालसँगै अमेरिका पनि बाहिरिएका छन्। समूह तालिकामा नेपाल चाैँथाे तथा अमेरिका पाँचाैँ स्थानमा रहेका छन्।
त्यस्तै समूह ए'बाट आयाेजक जिम्बाब्वे, वेस्ट इन्डिज र नेदरल्याण्ड सुपर सिक्समा पुग्ने निश्चित भएकाे छ। समूह ए र बि'का शीर्ष ३–३ टाेली बिचकाे प्रतिस्पर्धाबाट दुई टाेली भारतमा हुने एकदिवसीय विश्वकपकाे लागि छनाेट हुने छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया