बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम केन्द्रीय महाधिवेशनमा पहिलो चरणको मतदान सकिएसँगै प्रतिनिधिहरू केन्द्रीय सदस्यहरूको नतिजा कुरिरहेका छन्।
पहिलो चरणको नतिजा आएपछि लगत्तै दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु हुनेछ। जुन केन्द्रीय पदाधिकारीहरू चुन्नका लागि हुनेछ। तर, पहिलो चरणको निर्वाचन सकिएसँगै रास्वपा प्रतिनिधिहरू केन्द्रीय पदाधिकारीहरू सर्वसम्मत गर्ने छलफलमा जुटेका छन्।
प्रतिनिधिहरू निर्वाचित महामन्त्रीमा निवर्तमान सहमहामन्त्री विपिन कुमार आचार्यलाई सर्वसम्मत गराउने तयारीमा जुटेका एक प्रतिनिधिले बताए। महामन्त्रीमा आचार्यसहित परराष्ट्रमन्त्री शिशिर खनाल र पार्टीका निवर्तमान प्रवक्ता मनिष झा आकांक्षी छन्। उनीहरूले पनि आफ्नो तर्फबाट मत मागिरहेका छन्।
यता रास्वपामा सभापति रवि लामिछाने निकट रहेर काम गरिरहेका र सभापतिका दाहिने हात मानिएका विपिनलाई सर्वसम्मत गराउन प्रतिनिधिहरू जुटेका हुन्।
शिशिरको पक्षमा अहिलेका मन्त्रिमण्डलका केही सदस्यहरू र बालेन समूह तीव्र लबिङमा रहेको बुझिएको छ। निवर्तमान उपसभापति स्वर्णिम वाग्लेसहित पूर्व कांग्रेस समूह भने मनिषलाई जिताउने कसरतमा लागेको बुझिएको छ।
वाग्लेनिकट स्रोतका अनुसार पूर्वकांग्रेस समूहले भने शिशिर र मनिष एकआपसमा भिड्न नहुने भन्दै दुईजनामध्ये एकजनालाई मात्र प्रतिष्पर्धामा उतार्ने गरी छलफल थालेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया