सन् १९९२ विश्व कपको सम्झनामा डुबे इमरान, अमेरिकाबाट फर्किदा भब्य स्वागत

Agency


पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अमेरिकी भ्रमणबाट फर्किएपछि देशमा भएको भब्य स्वागतलाई सन् १९९२ को विश्व कप क्रिकेटको उपाधिसँग दाजेका छन्।

उनले विश्व कप क्रिकेट जितेर घर फर्किदा जसरी आफ्नो स्वागत भएको थियो, त्यस्तै स्वागत भएको भन्दै पुरानो दिनको सम्झना गरेका छन्।

विहीबार इस्लामाबाद विमानस्थलमा आफ्नो समर्थकलाई सम्बोधन गर्दै इमरानले विपक्षी दललाई कटाक्ष गर्न पनि भुलेनन्। उनले आफू विपक्षीसँग नझुक्ने र देशलाई कसैको अगाडि झुक्न नदिने प्रतिवद्धता व्यक्त गरे।

आफ्नो कप्तानीमा पाकिस्तानलाई १९९२ को विश्व कप क्रिकेटको उपाधि दिलाएका ६६ वर्षीय इमरान ३ दिने अमेरिकी यात्रा सम्पन्न गरेर कतार एयरवेजको सामान्य उडानबाट बिहीबार देश फर्किएका थिए।

उनले देशमा भएको सबै संस्थाको पुनःसंरचना गर्नु आवश्यक रहेको बताए। उनले भ्रष्टाचारीले देशलाई बर्बाद गरेको भन्दै सबै भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारे।

उनले अमेरिकालगायत अन्य पश्चिमा देशका प्रतिनिधिहरूलाई आफूले भ्रष्टाचार गरेर उनीहरूको देशमा लुकाएर राखेको पैसा देशमा फिर्ता ल्याउन सहयोग गर्न आग्रह गरेको बताए।

प्रकाशित मिति: : 2019-07-26 08:43:49

प्रतिकृया दिनुहोस्