राजीव घिमिरे
आज अन्तर्राष्ट्रिय महिला दिवस! सबैमा शुभकामना!
नेपालमा राष्ट्रपति, प्रधान न्यायाधीश, सभामुखसम्म महिला बने तर पनि महिलाहरू आखिर ‘बस्ने त मोटरसाइकलको पछाडि श्रीमानलाई समाएर’ नै हो, हालसम्म किन होला?
थुप्रै कारण छन्, कसैले त यसैलाई भजाएर पेट पालेका पनि छन्। मलाइ लाग्ने- एक त हाम्रो गन्जम्सन प्याटर्न अर्थात उपभोग पद्धति नै लैङ्गिक विभेद (जेन्डर ग्याप) गराउने किसिमको छ भने अर्को विभेद घटाउन भनेर ल्याइएका कार्यक्रम र तर्कहरू आफै नै विभेद बढाउने किसिमका छन्।
१.
हामीले छिटो छरितो उपभोग पद्धति बनाएमा लैङ्गिक विभेद कम हुन्छ जस्तो लाग्छ। जस्तोः पकाउन घण्टौं लाग्ने दाल, भात र तरकारीको स्वाद अनि भाँडा माझ्न त्यति कै समय र थुप्रै पानी लाग्ने चिल्लो न चिल्लो पकाउने पद्धतिमा परिवर्तन गरेर सजिलो छिटो छरितो बनाएमा पकाउनै कै लागि भनेर एक जना समर्पित मान्छे चाहिएन, जसले पकाए पनि भइगयो। हाम्रो घर धन्दाको विधि नै अर्कोलाई आकर्षित नगर्ने किसिमको, पट्यार लाग्दो र झन्झटिलो छ।
२.
सीपमूलक, आय आर्जन होस् र स्वावलम्बी बनुन् भनेर महिलालाई कुनै तालिम दिन पर्यो भने उहि सिलाईबुनाई, मेकअपको तालिम मात्र दिइन्छ, कस्तो पक्षपाती सोच। त्योभन्दा बढि गर्न सक्ने महिलाको क्षमता नै छैन जस्तो गरेर। महिलाको लागि उद्यमशिलता तालिम भन्यो भने उहि अचार बनाउने, स्यानिटरी प्याड बनाउने भन्ने सोचभन्दा माथि जाँदैनन्। अनि फेरि तालिमपछि सम्पूर्ण सहभागीलाई सिलाई मेसिन दिइयो भनेर गर्वले भनिन्छ। अब सबैले सिलाई मेसिन पाएपछि कसले कसको लुगा सिएर आय आर्जन गर्ने हो कुन्नी? सिलाईबुनाई गरेरै स्वावलम्बी हुने, महिलाको दायरा त्यति मात्र होला?
३.
महिलाले घरमा गरेको श्रमलाई मूल्यांकन गरेर देशको अनौपचारिक अर्थतन्त्रमा महिलाको ठूलै योगदान छ भनेर थुमथुमाउने गरिएको छ। हो ती हिसाब नभएका श्रमको सम्मान हुनुपर्छ तर त्यसैलाई नै महिमा मण्डित गरेमा महिलाहरू झनै घर कै श्रममा मात्र सीमित हुन्छन्, यसो गर्नु ठूलै कुरा रहेछ भनेर। यहि सिलसिलामा आजकाल गृहणी होइन घर निर्माता भनिन्छ। तर जे भनेपनि घर चाहि महिलाकै जिम्मा हो है झैँ गरेर यस्ता विशेषणले महिलालाई घरबाट बाहिर निस्कन मद्दत गर्दैन! महिलाको योगदानलाई अनौपचारिक अर्थतन्त्रबाट औपचारिक अर्थतन्त्रमा ल्याउने कार्यक्रमहरू किन बन्दैनन्? कि आखिर बस्ने त मोटरसाइकलको पछाडि नै हो त?
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया