बिएल संवाददाता
राष्ट्रिय सभा सदस्यअन्तर्गत रिक्त दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचानमा तीन सय ४३ मत खसेको छ।
हेटौंडा उपमहानगरपालिका-८ मा रहेको औद्योगिक क्षेत्रमा बिहानबाट मतदान सुरू भएको थियो। बुधबार दिउँसाे ३ बजेसम्म भएको मतदानमा बागमती प्रदेशसभाका एक सय नाै सदस्यमध्ये एक सय ६ जनाले मतदान गरेका हुन्।
यस्तै, स्थानीय तहका दुई सय ३७ जना जनप्रतिनिधिले मतदान गरेका छन्। निर्मावाचनमा विवेकशील साझा पार्टीका तीन सदस्यले भने पार्टीको निर्णयअनुसार मतदान गरेनन् ।
आजै साँझ ४ बजेपछि मतगणना सुरू गरिने र बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गरिने जनाइएको छ। रिक्त राष्ट्रिय सभा सदस्य दुई पदका लागि बागमतीबाट ६ जनाले उम्मेदवारी दिएका छन्। गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल प्रतिष्पर्धामा छन्।
यस्तै, प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यबीच प्रतिस्पधाृ भएको हो। नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन्। शिव चौलागाईं
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया