बिएल संवाददाता
राष्ट्रिय सभा सदस्यअन्तर्गत रिक्त दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचानमा तीन सय ४३ मत खसेको छ।
हेटौंडा उपमहानगरपालिका-८ मा रहेको औद्योगिक क्षेत्रमा बिहानबाट मतदान सुरू भएको थियो। बुधबार दिउँसाे ३ बजेसम्म भएको मतदानमा बागमती प्रदेशसभाका एक सय नाै सदस्यमध्ये एक सय ६ जनाले मतदान गरेका हुन्।
यस्तै, स्थानीय तहका दुई सय ३७ जना जनप्रतिनिधिले मतदान गरेका छन्। निर्मावाचनमा विवेकशील साझा पार्टीका तीन सदस्यले भने पार्टीको निर्णयअनुसार मतदान गरेनन् ।
आजै साँझ ४ बजेपछि मतगणना सुरू गरिने र बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गरिने जनाइएको छ। रिक्त राष्ट्रिय सभा सदस्य दुई पदका लागि बागमतीबाट ६ जनाले उम्मेदवारी दिएका छन्। गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल प्रतिष्पर्धामा छन्।
यस्तै, प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यबीच प्रतिस्पधाृ भएको हो। नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन्। शिव चौलागाईं
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया