
एक घण्टाभित्र काठमाडौंको पानीपोखरी क्षेत्रमा सबैभन्दा धेरै वर्षा, १२ घण्टामा धेरै स्याङ्जामा
आइतबार दिउँसोदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका जिल्लाहरूमा पानी परिरहेको हो। काठमाडौं उपत्यकासहित सर्लाही, उदयपुर, ओखलढुङ्गा, सिन्धुपाल्चोक, गुल्मीलगायतका जिल्लामा पानी परिरहेको र चट्याङ परेकाले सतर्कता अपनाउन विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काठमाडौंको पानीपोखरी क्षेत्रमा रेकर्ड भएको छ। पानीपोखरीमा ३५.४ मिलिमिटर वर्षा भएको छ।

बिएल संवाददाता - काठमाडौं