बिएल संवाददाता
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान मास्ने दिशातर्फ अघि बढेको आरोप लगाएका छन्।
नेकपा उपत्यका प्रदेश समितिद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको आरोप लगाएका हुन्।
‘यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ। खबरदार, तपाईं हामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ,’ उनले भने।
‘जुर्मुराउनका लागि मैले अघि भनेजस्तो गल्ती कहाँ भयो भन्दा हामीले वर्ग संघर्ष, विचार र रणनीतिलाई बेवास्ता गर्यौं। र, कार्यनीति दिन दिनकोमा रमायौं। र हामी बिग्रियौं। त्यसको मुख्य जिम्मेवारी मैले लिनुपर्छ। मैले अरूलाई भनेर सुख पाउँदिन। किनभने ३ चोटी प्रधानमन्त्री म आफैं भइसकेको छु। अरुलाई केही भनिनँ। त्यही भएर हैरान भएर मैले सबै मिलेर मलाई छिटो हटाई दिनुस् न भन्न पनि आउँछ कोही बेला,’ प्रचण्डले थपे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया