बिएल संवाददाता
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक र एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित ७ जनालाई सफाइ दिएको छ।
मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले उक्त मुद्धामा सन्दीप र प्रतीकसहित रामशरण केसी, टंककुमार गुरूङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई सफाइ दिएको हो।
अदालतले उक्त प्रकरणमा उनीहरूको संलग्नता पुष्टि हुने स्पष्ट प्रमाण देखिएन।
अदालतले सोही प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, नेपाली कांग्रेसका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेक नारायण पाण्डेलगायत १५ जनालाई सोही प्रकरण जोडिएको विभिन्न मुद्धामा दोषी ठहर गरेको छ।
टोपबहादुर रायमाझीलाई राज्यविरूद्धको कसुर, ठगी तथा संगठित अपराधमा दोषी ठहर गरिएको छ।
टोपबहादुरसहित राज्यविरुद्धको कसुरमा दोषी ठहर हुनेहरूमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र आङटावा शेर्पा छन्।
त्यस्तै, बालकृष्णसहित ६ जनालाई राज्यविरुद्धको कसुरमा मतियार रहेको अदालतले ठहर गरेको छ। टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल राज्यविरुद्धको कसुरमा मतियार रहेको अदालतले ठहर गरेको छ।
दोषी करार भएकाहरूलाई सजाय निर्धारणका लागि असार २९ गते अर्को पेसी तोक्न आदेश दिएको छ। ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्धामा सजाय निर्धारणका लागि छुट्टै पेसी हुने व्यवस्था छ।
०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव पाण्डेलगायत ३० जनाविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध, संगठित अपराध सम्बन्धी कसुर र एकीकृत कसुरमा सजाय गर्न माग गर्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया