बिएल संवाददाता
एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्।
नेपाल आइपुगेपछि उनले एडीबीले नेपालको विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने एक्समार्फत प्रतिवद्धता व्यक्त गरेका छन्।
रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा एडीबीले सहयोग जारी राख्ने उनले उल्लेख गरेका छन्।
एडीबी नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो। अध्यक्ष कान्डाका अनुसार हाल नेपालमा एडीबीको लगानीमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विकास आयोजनाहरू सञ्चालनमा छन्।
भ्रमणका क्रममा उनले नेपालमा नयाँ सरकारले तय गर्ने विकास प्राथमिकताबारे छलफल गर्ने बताएका छन्। यसका लागि उच्चस्तरीय वार्तामा सहभागी हुन आफू उत्सुक रहेको उनको भनाइ छ।
नेपाल र एडीबीबीच विगत ६ दशकदेखि कायम सहकार्य र साझेदारी आगामी दिनमा अझ मजबुत हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया