बिएल संवाददाता
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा भ्रष्टाचार मुद्धामा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीनजना दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो।
अदालतले पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई भने सफाइ दिएको छ।
अदालतले अध्यक्ष झासहित तीनैजनालाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना हुने ठहर गरेको छ। अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै अस्वीकार गर्दै जरिवाना मात्रै हुने आदेश गरेको हो।
अदालतले तत्कालीन अध्यक्ष झालाई नेपाल विद्युत प्राधिकरणको अध्यक्षसमेत रहेकोले थप ६ महिना कैद सजाय हुने राय सुनाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया