बिएल संवाददाता
सप्तरी कारागारमा गोली चलेको छ।
राजविराज नगरपालिका–६ स्थित कारागारको सुरक्षामा रहेका एक प्रहरी जवानले बोकेको एसएलआर राइफलको गोली लागेर सहकर्मी प्रहरी जवान घाइते भएका छन्।
घाइते हुनेमा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर (धनुषा) दरबन्दी रहेका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव रहेका छन्।
बुधबार राति करिब ११:२० बजेको समयमा कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा गोली चलेको हो। घाइते जवान राति १० बजेदेखि २ बजेसम्मको ड्युटी सिफ्टमा थिए।
कारागार प्रमुख रूपक मण्डलका अनुसार, शौचालयमा पिसाब फेरेर फर्कने क्रममा पोस्ट नम्बर–४ मा ड्युटीमा रहेका २२ वर्षीय प्रहरी जवान अजय कुमार मेहताले बोकेको एसएलआर राइफलबाट अचानक एक राउण्ड गोली चलेको थियो।
यादवको ढाडमा गोली लागेको छ। गम्भीर घाइते उनलाई गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा प्राथमिक उपचारपछि धरानस्थित घोपा क्याम्पमा रेफर गरिएको छ।
एसएलआरको जिम्मा लिएका जवान मेहतालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया