बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको १०० दिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ मा बोल्दै थापाले वर्तमान सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’लाई बढी महत्त्व दिएको आरोप लगाएका हुन्।
उनले भने, ‘वर्तमान सरकारले १०० दिनमा लाइफ भन्दा लाइकलाई महत्त्वपूर्ण ठानेको छ। सरकारले सोच्दै गर्दा निर्णय गर्दैगर्दा मान्छेको कुनै पनि लाइफलाई के फरक पर्छ भनेर नसोच्ने भयो। त्यसले लाइक कति वटा थप्छ भनेर सोच्ने भयो। यो हाम्रो लागि चिन्ताको विषय बन्यो।’
सरकारले परिणाम दिनु महत्त्वपूर्ण भए पनि त्यसका लागि कानुनी प्रक्रिया र विधि मिच्न नहुने थापाले बताए।
सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगप्रति कांग्रेसले सहयोग गरेको बताउँदै उनले कानुनअनुसार काम गर्न सरकारलाई आग्रह गरे।
‘हामी सम्पत्ति छानबिन आयोगलाई विवरण बुझाउने प्रक्रियामा सहभागी हुन्छौँ। तर सरकारलाई हाम्रो आग्रह के हो भने कानुनले निर्धारण गरेको प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ। कार्यकारी आदेशका भरमा यस्ता निर्णय गर्नु हुँदैन,’ उनले भने।
थापाले वर्तमान सरकारले ‘विधि र प्रक्रिया होइन, परिणाम मात्रै महत्त्वपूर्ण हो’ भन्ने सोचले अगाडी बढेको आरोप लगाए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया