बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फुटबल टोलीका स्ट्राइकर फोलारिन बालोगुन माथिको स्वतः लाग्ने एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न व्यक्तिगत रूपमा दबाब दिएपछि फिफाले उनको निलम्बन स्थगित गरेको छ ।
अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका अनुसार ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनो लाई फोन गरी बालोगुनमाथिको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेका थिए। बालोगुन बोसनीया एण्ड हर्जगोभिना विरुद्धको प्रि–क्वार्टरफाइनल खेलमा रातो कार्ड पाएपछि स्वतः एक खेलको प्रतिबन्धमा परेका थिए।
फिफाको अनुशासन समितिले आइतबार निर्णय सार्वजनिक गर्दै फिफा अनुशासन संहिताको धारा २७ अनुसार बालोगुनमाथिको स्वतः लागू हुने एक खेलको प्रतिबन्ध एक वर्षको परीक्षण अवधिका लागि स्थगित गरिएको जनाएको छ। यससँगै उनी सोमबार हुने बेल्जियमविरुद्धको अन्तिम १६ को खेल खेल्न योग्य भएका छन्।
२५ वर्षीय बालोगुनले बोस्निया एन्ड हर्जेगोभिनामाथि अमेरिकाले २–० को जित निकाल्दा ६४औँ मिनेटमा रातो कार्ड पाएका थिए। यद्यपि उनले यसअघि प्रतियोगितामा तीन गोल गर्दै अमेरिकाको सफल यात्रामा महत्वपूर्ण योगदान दिएका छन्।
निर्णयपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत फिफाको निर्णयको स्वागत गर्दै ‘ठिक निर्णय गरेर ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद’ दिएका छन्।
यद्यपि फिफाको यो निर्णय विवादरहित भने बनेको छैन। बेल्जियम फुटबल महासंघले फिफाले अनुशासनसम्बन्धी नियमको गलत व्याख्या गरेको आरोप लगाउँदै यसबारे उपलब्ध सबै कानुनी विकल्प अध्ययन गरिरहेको जनाएको छ। अमेरिका २०२६ विश्वकपको क्वार्टरफाइनलमा २००२ पछि पहिलोपटक स्थान बनाउन प्रयासरत छ।
अमेरिका र बेल्जियमबीच विश्वकपमा पछिल्लोपटक २०१४ फिफा विश्वकपको अन्तिम १६ मा भेट भएको थियो। त्यसबेला बेल्जियमले अतिरिक्त समयमा २–१ को जित निकाल्दै अमेरिकालाई प्रतियोगिताबाट बाहिरिएको थियो, जहाँ अमेरिकी गोलरक्षक टिम हवार्डले ऐतिहासिक १६ वटा बचाउ गरेका थिए।
अब बालोगुन खेल्न पाउने भएपछि अमेरिकाले २४ वर्षदेखिको क्वार्टरफाइनल पुग्ने प्रतिक्षा अन्त्य गर्ने आशा गरेको छ भने उनको प्रतिबन्धबारे फिफाले गरेको निर्णयमाथि बहस भने अझै जारी छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया