बुधबार, ०६ मे २०२६

आफैंले बनाएको सभाहलमा आवाज नसुनिएपछि ओली असन्तुष्ट, यसरी पोखे आक्रोश…

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा आफैंले बनाएको सभाहलमा आवाज राम्रो नसुनिएको भन्दै असन्तुष्टि पोखेका छन्। सोमबार लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहमा सम्बोधन गर्दै ओलीले अगाडिबाट बोलेको पछाडिकाले बुझ्न नसकेको भन्दै असन्तुष्टि पोखेका हुन्। ‘यो भवन मेरै अग्रसरतामा निर्माण भएको थियो,’ ओलीले भने, ‘तर, यो निर्माण गरिरहने भन्दा इकोसिस्टम ठीक नभएको हल निर्माण गर्ने भनिएको थिएन। बोल्ने तर अगाडिकाले बोलेको नबुुझ्ने, बोल्नेले सन्तोष लिने, सुन्नेले राम्रै त भनेका होलान् नि भन्नुुपर्ने यस्तो हल भनेको थिएन।’ त्यस्तै उनले सरकार लुम्बिनी गुरुयोजना अनुसार अगाडि बढिरहेको भन्दै गुरुयोजनाअनुसारका कामहरू छिटै पूरा गर्ने प्रयास रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

अरु आयुक्तले माधव नेपाललाई जोगाउन खोज्दा प्रमुख आयुक्त अल्पमतमा

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दी छुटको जग्गा विक्री प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा चलाउने अन्तिम समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरू दुई धारमा विभाजित भएका छन्। सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियारले पूर्वप्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने गरी प्रतिवेदन तयार गरिसकेको छ। उक्त प्रकरणको विस्तृत अनुसन्धान सकेर प्रतिवेदन तयार भइसकेको छ। उक्त अनुसन्धान प्रतिवेदन यतिबेला आयोगको पूर्ण बैठकमा पेस भइसकेको छ। गत चैत तेस्रो साता नै आयोगको पूर्ण बैठकमा पेस भएको प्रतिवेदनको अध्ययन नसकिएको भन्दै बहुमत आयुक्तहरूले अड्को थापेपछि अख्तियार प्रमुख आयुक्त राई अल्पमतमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजसंस्था माग्दै माइतीघरको धर्नामा पूर्वसांसद चौधरी

गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा गिरफ्तार भएका नेताहरूको रिहाइका लागि भएको धर्नामा राजावादी आन्दोलनमा सक्रिय गंगा चौधरी माइतीघर मण्डला पुगेकी छन्। राष्ट्रवादी मातृशक्ति नेपाल नामक पार्टीको व्यानरमा माइतीघरमा जारी धर्नामा सहभागी हुन सोमबार उनी माइतीघर पुगेकी हुन्। भ्रष्ट्राचार, बलात्कार र वेतिथिको अन्त्य गर्नको लागि आफूहरू सडकमा आएको बताइन्। आस्थाका बन्दीहरूको रिहाइ, घाइतेहरूको उपचार, भ्रष्ट्राचार, बलात्कार, बेथितिको अन्त्य, हिन्दु अधिराज्य कायम र राजसंस्था स्थापनाको माग राख्दै मातृशक्ति नेपालले धर्ना गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘धार्मिक सदभाव’ बिगार्न खोजेको आरोपमा युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। साम्प्रदायिक सदभावमा असर पुर्‍याएको आरोपमा प्रहरीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाका १६ वर्षिय युवक साजिद खानलाई पक्राउ गरेको हो। साम्प्रदायिक सदभावमा असर पार्ने किसिमको भाषा प्रयोग गरी खानले भिडियो बनाइएर सामाजिक सञ्जालमा आइतबार राती पोष्ट गरेका थिए। सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि तत्काल पक्राउ गरी कारवाही गर्न स्थानीय अगुवाहरूले माग गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

ओलीको दाबीः हामीले संयमित हुन आग्रह गरेपछि ‘भारत-पाकिस्तान’ युद्ध रोकियो

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धको जोखिमबाट पछि हटेकोमा भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन्। सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती कार्यक्रममा बोल्दै ओलीले ओलीले आफूहरूको पहलमा युद्धको स्थिति टरेको भन्दै सन्तोष व्यक्त गरे। उनले दुई देशबीच हात हालाहालको स्थिति आए पनि संयमताका कारण युद्ध सुरु नपाएको भन्दै प्रशन्नता व्यक्त गरे। ओलीले भने, ‘हामीले सुरुदेखि नै भन्यौँ, यो हात हालाहालको स्थिति विस्तार हुन नपाओस् है भनेर। उहाँहरूसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

एमालेका ‘फरार सांसद’ ओली उपस्थित कार्यक्रममा, प्रहरी हेरेको हेर्‍यै

मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पक्राउ आदेश जारी गरेका एमाले लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा देखिएका छन्। प्रहरीको पक्राउको लिस्टमा रहेका पन्थी सोमबार प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा देखिएका हुन्। पन्थी यसअघि नै प्रदेश सभामा पनि निर्वाध पुगिरहेका छन्। सार्वजनिक कार्यक्रममा देखिइरहेका छन्। तर सत्तारुढ दलको नेता भएकै कारण हातमा पक्राउ पूर्जी बोकेको प्रहरीले देखे पनि नदेखे झैं गरिरहेको छ। सत्ताको आडमा अपराधमा सजाय तोकिएका एक सांसद यसरी निर्वाध हिँडिरहँदा पनि प्रहरी निरीह बनेको छ। पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रालिले विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिबाट उधारोमा लिएको विद्युतीय सामग्रीको रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साढे तीन वर्षपछि धुम्बाराही फर्किए कमल थापा, सुध्रिएको हो सम्बन्ध?

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा करिब साढे तीन वर्षपछि राप्रपाको कार्यालय धुम्बाराही फर्केका छन्। जेठ १५ गतेको राजावादी प्रदर्शनको तयारीका लागि उपत्यकाका अगुवा कार्यकर्ताहरूसँगको छलफलका लागि थापा धुम्बाराही पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बताए। लिङदेनले थापासँगको तस्बिर सामाजिक सञ्जालमा सेयरसमेत गरेका छन्। पछिल्लो समय दुई अध्यक्षबीचको सम्बन्ध सुधारको क्रममा देखिएको छ। वैशाख १५ गतेको राप्रपा नेपालको विरोध सभामा लिङदेन थापाको निम्तो स्वीकार्दै पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत-पाकिस्तान ‘युद्धविराम’को राष्ट्रसंघद्वारा स्वागत, यता आरोप-प्रत्यारोप कायमै

सम्झौताले दिगो शान्तिमा योगदान पुर्‍याउने र दुई देशहरू बीचको लामो समयदेखि चलिरहेका मुद्दाहरूलाई सम्बोधन गर्न अनुकूल वातावरण निर्माण गर्ने अपेक्षा राष्ट्रसंघले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसंघ  शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले गरिएका प्रयासहरूलाई समर्थन गर्न तयार रहेको जनाएको छ। एकअर्कामाथि केही दिनदेखि जारी सैन्य हमलापछि पाकिस्तान र भारतले शनिबार तत्काल लागू हुने गरी युद्धविरामको घोषणा गरेका थिए। अमेरिकाको प्रत्यक्ष हस्तक्षेपमा भारत युद्धविरामका लागि तयार भएको थियो। तर, यता दुई देशले युद्धविराम घोषणा गरेको केही घण्टापछि भारतले पाकिस्तानमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले उक्त आरोप अस्वीकार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

कोदालोको पासोले हानेर श्रीमानको हत्या, श्रीमती पक्राउ

खोटाङ प्रहरीले आफ्नै श्रीमानको हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ। हलेसी तुवाचुङ नगरपालिका-९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई शनिबार प्रहरी चौकी अर्खैलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। रेनुकाले घरायसी विवादको क्रममा ५१ वर्षीय श्रीमान  पाँचकर्ण राईमाथि कोदालोको पासो प्रहार गरेकी थिइन्। आक्रमणबाट गम्भीर घाइते  गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

सरकारको ‘नीति तथा कार्यक्रम’ प्रतिनिधि सभाबाट बहुमतले पारित

सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्तो छ संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठसहित)

यस्ता छन्, प्रधानमन्त्रीले संसदमा दिएका जवाफहरू १.गत वर्षको साउन ६ गते यस सम्मानित सदनमा संबोधन गर्ने क्रममा मैले “जहिल्यै काम भइरहेको झैं हुने तर कहिल्यै नसकिने” हाम्रो विकास निर्माणको कामका तरिकाप्रति ‘ओर्क इन प्रोग्रेस !’ भन्दै टिप्पणी गरेको थिएँ। हामीसँग रहेको सीमित स्रोत र विकासमा हामीले मार्नु परेको तीब्र फड्कोको बीचमा रहेका बिरोधाभाषलाई उल्लेख गरेको थिएँ। विकास-निर्माणको हाम्रो यस्तो ढाँचा, सुस्त गति र ‘ओर्क इन प्रोग्रेस’ संस्कृति परिर्वतन नगरी अघि बढ्न नसकिने उल्लेख गरेको थिएँ। आफूसँग भएको सीमित स्रोत कहाँ लगानी गर्ने र त्यसबाट कस्तो परिणाम हासिल गर्ने भन्ने कुरामा हामी स्पष्ट हुनुपर्ने उल्लेख गरेको थिएँ। त्यसैले प्रस्तुत नीति-कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ हो। यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिवद्धता पनि नयाँ हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको मुद्दामा एकपछि अर्को खुलासा, फेरि अर्की जाहेरीकर्ताले भनिन्ः मेरो नाम दुरुपयोग भयो

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएका एकपछि अर्का पीडितले आफूहरूले रवि लामिछानेविरुद्ध नाम तोकेर जाहेरी नै नदिएको खुलासा गर्न थालेका छन्। केही समयअघि प्रहरीले रविविरुद्ध मुख्य जाहेरीकर्ता बनाएका नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका थिए।  अहिले अर्की जाहेरीकर्ता गीता आचार्यले पनि आफूले रविविरुद्ध जाहेरी नदिएको र आफूले रकम फिर्ताका लागि दिएको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको बताएकी छन्। उनले आफ्नो नाम दुरुपयोग भएको आरोप लगाएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

नीति तथा कार्यक्रम एकदम व्यवस्थित छ, ‘कमा’ र ‘फूलस्टप’ पनि ‘चेन्ज’ हुँदैनः एमाले

अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान आर्थिक समाजिक परिवेशको वास्तविक सीमामा टेकेर यथार्थपरक रहेको बताएका हुन्। उनले भने, ‘नेपाल सरकारको ०८२/८३ को नीति तथा कार्यक्रमलाई नेकपा एमाले संसदीय दलको तर्फबाट यसको समर्थन जनाउन चाहन्छौं। सरकारले यस पटक नीति तथा कार्यक्रम संसदमा पेस गर्दा विगतको उल्टो तरिकालाई सुल्ट्याएर  ल्याएको छ। सरकारले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा, छरपस्ट, कानुनको नजरमा अत्यन्तै कमजोर, स्रोतसाधनविहीन, सुन्दा कर्णप्रिय जस्तो लाग्ने छैन। अहिलेको नीति तथा कार्यक्रम मुलुकको विद्यमान अर्थिक, समाजिक परिवेशको वास्तविक सिमामा टेकेर यर्थाथ परक, वस्तुनिष्ठ, कार्यान्वयन योग्य हुनेगरी यो नीति तथा कार्यक्रम आएको देखिन्छ।’ साथै उनले देशमा आजको मूल समस्या राजनीतिक र नीतिगत अस्थिरता रहेको औंल्याउँदै अहिलेको नीति तथा कार्यक्रमले सच्याउने विश्वास व्यक्त गरे। उनले नीति तथा कार्यक्रम अब देशको विकास र समृद्धिको लागि स्पष्ट मार्गदर्शन हुनेपनि दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारत-पाकिस्तान युद्धविरामको कांग्रेसद्वारा स्वागत

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भारत-पाकिस्तानबीच भएको युद्धविरामको घोषणालाई स्वागत गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युद्धविरामको घोषणा भएको केही घण्टा नबित्दै उक्त सम्झौता उल्लंघन भएको घट्नाप्रति दुःख व्यक्त गरेका हुन् । उनले भने, ‘भारत पाकिस्तानबीच हालै भएको युद्धविरामको सम्झौताको स्वागत गर्न नपाउँदै उल्लंघनका दुःखद खबरहरू आउन थालेका छन्। सम्झौताको इमानदारीतापूर्वक कार्यान्वन गर्दै आंतकको कालो बादल यस क्षेत्रबाट सधैंको लागि समाप्त हुन सकोस्। क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादको समाप्ती नै प्रथम आवश्यकत्ता हो। झण्डै सयौं आतंककारी संगठन र आंकवादविरुद्ध विश्व जनमत बलियो रुपमा एकजुट रहेको र आतंकवाद विश्व शान्तिको लागि प्रमुख खतराको रुपमा रहेकोमा कुनैपनि प्रकारको आतंकवादविरुद्ध दृढतापूर्वक कठोर नीतिले यसलाई सहयोग र समर्थन गर्नु हामी सबैको दायित्व र कर्तव्य हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री आलेद्धारा ठूला केदार धामको महायज्ञका लागि १ लाख ११ हजार सहयोग

प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको बडिकेदार (ठूला केदार) धाम शक्तिपीठमा सञ्चालन भइरहेको ‘लिङ्गपुराण महायज्ञ’मा एक लाख ११ हजार एक सय ११ सहयोग प्रदान गरेका छन्। सुदूरपश्चिम प्रदेशभरकै ठूलो एवं महत्वपूर्ण प्राकृतिक, धार्मिक तथा अलौकिक शक्तिले सु-प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाम शक्तिपीठ (ठूला केदार) स्थलमा सञ्चालमा रहेको महायज्ञका लागि उक्त रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। उनले भने, ‘यही वैशाख २२ गतेदेखि २८ गतेसम्म सञ्चालन भईरहेको लिङ्गपुराण महायज्ञका लागि एक लाख ११ हजार एक सय ११ रुपैयाँ आज प्रदान गर्नुभएको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्व पौडेललाई गर्भनर बनाउने कांग्रेसको तयारी

नेपाली कांग्रेसले अर्थविद् डाक्टर विश्व पौडेललाई नयाँ गनर्नरमा अगाडि सार्ने तयारी गरेको छ। शनिबार बेलुका बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई नयाँ गर्भनर बनाउन प्रस्ताव राखेकाे कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शंकर पोखरेलले प्रचण्डलाई सम्झाए सरकारका उपलब्धीहरू

‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ? यी तथ्यहरूले तपाईंको बोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ’ पोखरेलले सरकारका उपलब्धीहरूलाई यस्ता बुँदामा उल्लेख गर्दै प्रचण्डलाई भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुई तिहाइ हुँदा पनि ओली सरकार डरले ‘रुझेको बिरालो’ भएको छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी सरकार ढाल्ने र बनाउने खेलमा नरहेको स्पष्ट पारेका छन्। पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र एमालेजस्ता बुर्जुवाहरूको वैशाखी टेकेर सरकारमा नजाने दाबी गरे। उनले ०८४ पछि आफ्नै बलबुतामा सरकारको नेतृत्व लिने बताए। प्रचण्डले वर्तमान सरकार बिचौलियाहरूले बनाइदिएको आरोप लगाउँदै आफ्नो कुकर्मले सरकार ढल्ने जिकीर गरे। उनले अहिलेको सरकारले नराम्रो भन्दा कुनै काम नगरेको दाबी गर्दै दुई तिहाइको सरकार भएर पनि डरले रुझेको बिरालो जस्तो बनेको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर

ट्रम्पको पहलमा भारत-पाकिस्तान युद्धविराम

भारत र पाकिस्तानबीच चर्किएको तनाव अन्त्य भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा दुई देश युद्धविरामका लागि सहमत भएका हुन्। ट्रम्पले ट्रम्पले आफ्नै स्वामित्वको समाजिक सञ्जाल ट्रुथ सोसलबाट भारत र पाकिस्तानले युद्धविराम सहमति गरेको खुलासा गरेका हुन्। ट्रम्पले अमेरिकाको समन्वयमा भारत र पाकिस्तानले ‘पूर्ण र तत्काल युद्धविराम’को सहमति गरेको खुलासा गर्दै उनीहरूले बुद्धिमता देखाएको भन्दै बधाइ पनि दिएका छन्। भारतको विदेश मन्त्रालयले पनि युद्धविरामको पुष्टि गरेको छ। आजै अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भारतका विदेशमन्त्री र पाकिस्तानी सेनापतिसँग निर्णायक छलफल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

विनियोजन र कार्यान्वयनबीचको खाडल पुर्न कस्सिएर लागेको छुः अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडल पुर्न आफू कस्सिएर लागेको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा उनले विगत वर्षका बजेटहरूले विनियोजन र कार्यान्वयनबीच खाडल बनाएको भन्दै खाल्डो झन् खन्न नभइ पुर्न कस्सिएको बताए।  उनले भने, ‘विनियोजन र कार्यान्वयनको बीचमा ठूलो खाडल छ। यो खाडल खनेपछि खाडल भइ नै हाल्छ। खनेकै खाडल हो। हामीले विगत वर्षका बजेटहरूलाई हेरौं, हामीले खाडल खन्यौं कि खनेनौं? ७ हजार योजनामा ११ हजार योजना थप्यौं, योभन्दा उत्कृष्ट विनियोजन संसारमा खोज्न जानपर्छ। यस्तो उत्कृष्ट विनियोजनको अति उत्कृष्ट कार्यान्वयनको उदाहरण खोज्न पनि कतै जानु पर्ला त? त्यसकारण म के आग्रह गर्न चाहान्छु भने अहिले अर्थमन्त्री खाल्डो खन्न होईन पुर्न कस्सिएको छ र यसमा तपाईंहरूको साथ चाहिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं