बिएल संवाददाता
जेन–जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकार र प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा धमाधम रिट निवेदनहरू पेश हुने क्रम बढेको छ।
जेन–जी आन्दोलनका क्रममा आगजनी भएपछि सर्वोच्चको काम ठप्प थियो। तर, गत आइतबारको पूर्ण बैठकले रिट निवेदनहरू दर्ता खुला गर्ने निर्णय गरेसँगै सरकार गठन र संसद विघटनविरुद्ध धमाधम रिट दर्ता हुन थालेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म ६ वटा रिट निवेदन पेश भइसकेका छन्, रिट निवेदन पेश हुने क्रम रोकिएको छैन।
निवेदन धमाधम आइरहेकाले केही समयपछि मात्रै मागहरू एकीकृत गरेर प्रक्रिया अघि बढाइने छ।
जेन–जी विद्रोहमा केपी ओलीको सरकार ढलेपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन गरिएको छ। अन्तरिम सरकार गठनका क्रममा जेन–जीले प्रतिनिधि सभा विघटन अनिवार्य शर्त राखेपछि राष्ट्रपतिले संसद विघटन गरेका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया