बिएल संवाददाता
नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस निर्वाचनबाट नभाग्ने तर सरकारले चुनावी वातावरण बनाउनुपर्ने बताएका छन्।
मंगलबार केन्द्रीय समितिको बैठकमा सहभागी हुनेक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टी भित्र र बाहिर एकतावद्धरुपमा लिएर जानु आजको आवश्यकता रहेको औंल्याएका हुन्।
‘हामी केवल कांग्रेस भित्रको एकता मात्र कुरा गरिरहेका छैनौं। संविधान, देश, प्रजातन्त्रलाई स्थिरता बनाउनेक्रममा छौं। अन्य पार्टीहरूसँग सल्लाह गरेर अगाडि बढाउन यस पटकको बैठक एउटा कोशेढुंगा सावित हुने विश्वास गरेका छौं।’
उनले कांग्रेस एकतावद्ध नभई मुलुकको अहिलेको राजनीतिक अवस्था नसुध्रिने भन्दै संविधान र व्यवस्थाप्रतिको आस्थालाई केन्द्रीत बनाएर युवापुस्तालाई आकर्षित गराउनुपर्ने बताए।
‘बैठकमा कांग्रेस अझ बढी एकिकृत एवम एकताबद्ध भएर प्रस्तुत हुनेछौं। कांग्रेसलाई पहिलो पार्टीका रुपमा लानुपर्नेछ। संविधान र व्यवस्थाप्रतिको आस्थालाई केन्द्रीत बनाएर युवाहरूलाई आकर्षित बनाउनुपर्ने छ। त्यसैले हामी सबैलाई समेटेर अगाडि जाने प्रयास गर्दैछौ,’ उनले भने।
उनले चुनाव गराउनेगरी सरकार लागे कांग्रेस पछाडि नजाने समेत बताए। साथै, हालको सरकारले देशमा बहुदलीय प्रतिस्पर्धा र राजनीतिक दलहरू छन् भन्ने कुरा बिर्सिएको पनि बताए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया