बिएल संवाददाता
जेन–जी आन्दोलन, नेपालले जेन–जी विद्रोह साधारण राजनीतिक आन्दोलन नभइ एउटा पुस्ताको रगतले लेखिएको राष्ट्र–पुनर्जागरणको घोषणापत्र भएको बताएको छ।
जनताले अस्वीकार गरिसकेको शितल निवासमा तीन दशकसम्म नेपाली जनतालाई लुट्ने शक्तिहरूले नै ‘बडो जुक्ति निकालेर सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा अगाडि सारेदेखि नै जेन–जी विद्रोहमाथि राज्यका तर्फबाट औपचारिक रूपमा अपमान र खेलबाड सुरु भएको’ आन्दोलनका संयोजक रविकिरण हमालले बताए।
आज फेरि मृत संसद्को पुनरुत्थान गर्न खोज्ने खेल सुरु भएको र सर्वोच्च अदालतमा पुनःस्थापनाको नाममा दायर भएका मुद्धा केवल कानुनी प्रक्रिया नभइ ‘विद्रोही युवाको बलिदानमाथिको घात, रगतमाथिको अपमान, र विद्रोहको भावना विपरीत जाने षड्यन्त्र भएको’ आन्दोलनले प्रेस विज्ञप्तिमार्फत भनेको छ।
सर्वोच्च अदालत न्यायको प्रतिक भएकाले जनताको आदेश र युवाको बलिदानको सम्मान गर्नुपर्ने जेन–जी आन्दोलन नेपालले भनेको छ।
यदि सर्वोच्च अदालतले पनि भ्रष्ट राजनीतिक शक्तिको हातमा आफ्नो आत्मा बेचे देश पुनः रक्तपात र कठोर गृहसंघर्षको दिशातर्फ धकेलिने परिस्थिति सिर्जना हुनसक्ने आन्दोलने चेतावनी दिएको छ।
आन्दोलनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशका सडकहरूमा बगेको युवाको रगतलाई कानुनी खेल र संवैधानिक जुक्तिले मेटाउन खोज्नेहरूले सम्झून, यो नयाँ पुस्ताले बगाएको रगत सुक्न पाएको छैन, हामी निदाएको छैनौं।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया