बिहिबार, ०५ मार्च २०२६

१० जना अट्ने ‘ब्लक’मा रविलाई राखियो एक्लै

रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा चलान गरिएको छ। कारागार प्रमुख सुरेश भण्डारीले लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको जानकारी दिएका छन्। उक्त ब्लकमा १० जना कैदी राख्ने क्षमता छ। तर, रविलाई त्यहाँ एक्लै राखिएको छ। कारागार प्रशासनका अनुसार अन्य कैदी तथा थुनुवा नभएकोले रविलाई एक्लै राखिएको हो। भैरहवा कारागारमा ४ वटा ब्लक छन्। जसमध्ये ब्लक नम्बर १ र २ मा अरु कैदी तथा थुनुवाहरूलाई राखिएको छ भने ३ नम्बर ब्लकमा महिला कैदी तथा थुनुवा छन्। भैरहवा कारागारमा समान मुद्दामा रविका पूर्वसहकर्मी तथा पूर्व डीआईजी छविलाल जोशी पनि छन्। तर, रविलाई एक्लै राखिएको कारागार प्रशासनले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाललाई विकासमा इतिहासदेखि नै पछाडि पारियोः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्। उनले देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितको रक्षा संवर्द्धन, भूगोल एवम् स्वतन्त्रताको रक्षा गरेर अगाडि बढ्नुपर्ने बताए। सोमबार हिमालयन संवाद कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्। उनले भने, ‘देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धन, भूगोल एवम स्वाधिनता, स्वतन्त्रता साथै स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय हितहरूको रक्षा गरेर अगाडि बढ्छौं।’ साथै उनले नेपाल प्राकृतिक रुपमा धनी भएकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई धेरै महत्व दिनुपर्ने पनि बताए। उनले प्रकृतिका हिसाबले अगाडि भएपनि विकास निर्माणका पक्षहरूमा नेपाल पछाडि नै रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुखमा कालो मास्क लगाएर शिक्षकहरूको मौन प्रदर्शन

नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन्। शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रीत प्रदर्शन गरिरहेका शिक्षकहरूले सोमबार बबरमहल-माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन्। नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गर्ने घोषणा गरेको थियो। महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटोभन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ। आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौंमा केन्द्रीत भएका छन्। उनीहरूले शिक्षा क्षेत्रको सुधारका लाग विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले ‘जनताको विचार’ बोक्ने पार्टी हो, कहिल्यै बुढो हुँदैनः राजन भट्टराई

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले पार्टी कमिटीलाई विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।  नेकपा एमाले सिन्धुलीको पाँचौं सचिवालय बैठकमा बोल्दै भट्टराईले राजनीतिक दलले जनताको विचार बोक्न सक्नुपर्ने बताए। जनताको विचार बोकेर समय अनुसार परिमार्जित हुँदै अघि बढ्ने पार्टी सधैं नयाँ हुने उनको धारणा छ। ‘जनताको विचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुने हो’, भट्टराईले भने।   नेकपा एमाले स्पष्ट विचार र दृष्टिकोण बोकेको पार्टी भएकोले यो पार्टी सधैं नयाँ हुने उनको भनाइ छ। जनताको बहुदलीय जनवाद बोकेर अघि बढेको पार्टी भएकोले एमाले सधैं नयाँ जोस, विचार र सोचका साथ अघि बढेको भट्टराईको धारणा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नाउपा र जनमतबीच एकता हुँदै, पहिलो वरियतामा रेशम चौधरी

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र डा. सीके राउतको जनमत पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नाम र चुनाव चिह्न जुराइसकेको पार्टीको एकतापछि नेताहरूको व्यवस्थापनमा समेत सहमति जुटिसकेको छ। एकता पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ र चुनाव चिह्न ‘ढकिया’ रहने गरी सहमति भइसकेो छ। त्यस्तै नयाँ बन्ने पार्टीको संरक्षकसहित पहिलो वरियतामा रेशमलाल चौधरी रहने सहमति दुई पार्टीबीच भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि जेल चलान भएपछि मुकुल भन्छन्ः अब ‘रविको क्लब’लाई पार्टी बनाउनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले सभापति रवि लामिछाने कारागार चलान भएपछि उनलाई बिर्सेर पार्टी बनाउन लाग्नुपर्ने अभिव्यक्ति दिएका छन्। सोमबार सभापति लामिछाने कारागार चलान भएपछि मुकुलले अब उनी बर्षौं मामाघरमा थन्किने टिप्पणी गर्दै अब उनलाई बिर्सनुपर्ने बताएका हुन्। उनले अब यही मौकामा पार्टीलाई अब लामिछानेको क्लबबाट स्वतन्त्र बनाउनुपर्ने बताए। मुकुलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग त नडराइ पार्टी खोल्ने निर्णय गरेका थियौं। चुनावी रणनीतिअन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौं। क्लब हुँदै पार्टी बनाउनपर्ने थियो तर क्लबलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकी उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लबमा नै रमाउनु थियो। अब रवि दाइ वर्षौंका लागी मामाघर जानुभएको छ। अब क्लबबाट पार्टी बनाउनुपर्छ। रवि दाइलाई बिर्सनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गभर्नर नियुक्तिका लागि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन्। बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ। आजको बैठकमा नेपाल राष्ट्र बैंकमा रिक्त रहेको गभर्नर नियुक्तिको विषयमा निर्णय हुनसक्ने सम्भावना रहेको अर्थमन्त्रालय स्रोतले बतायो। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल हिजोदेखि सकिएपछि नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछाने कारागार चलान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन्। बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार चलान गरेको हो। यतिबेला लामिछानेको जिल्ला कारागारमा स्वास्थ्य परिक्षण गरिँदै छ। जिल्ला अदालतले थुनुवा पूर्जी दिएपछि लामिछानेलाई कारागार चलान गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

कारागार चलान भए रवि लामिछाने

बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा जिल्ला अदालतको धरौटीमा छोड्ने निर्णय उल्ट्याउँदै शुक्रबार उच्च अदलतको बुटवल इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पनि घट्यो सुनको भाउ

नेपाल सुन चाँही महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो। आज सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। भइरहेको छ। त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ। आइतरबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षकहरूको शैक्षिक हड्ताल, एईई र अरु कक्षाका नतिजा के होलान्?

एसईईलगायत सबै कक्षाका वार्षिक परीक्षाहरू सकिएका छन् र अब उत्तर पुस्तिका परीक्षण तथा नतिजा प्रकाशनको काम हुन्छ। त्योसँगसँगै वैशाखदेखि नयाँ शैक्षिक शत्रका कामहरू सुरु हुन्छन्। विद्यार्थी भर्नादेखि शैक्षिक शत्रका अभियानहरू पनि यही बेलादेखि सुरु हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज प्रतिनिधिसभा अन्तरगतका तीन समितिको बैठक बस्दै

प्रतिनिधि सभा अन्तरगत आज तीन समितिको बैठक बस्ने भएको छ।  सोमबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रविलाई आज अदालत उपस्थित गराइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार अदालत उपस्थित गराइँदैछ। शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई सोमबार रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

हामीजस्तोले भनेको कुरा नसुने गइसकेको व्यवस्था फर्किन सक्छः हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन्। आइतबार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका हुन्। ‘लोकतन्त्रको अनुभव भएको छैन। भोली सिंहदरबार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्ने खालको स्थिती छ। अब, मलाई त त्यो हुन्छ भने सर्वसाधारण जनताले मन्त्रीलाई भेट्न सक्छ?’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधवको दाबीः गणतन्त्र ल्याउने सहमति गिरिजा र मैले गरेका हौं, प्रचण्ड पछि जोडिए

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र ल्याउन गरिएको सहमतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि मात्र जोडिन आएको दाबी गरेका छन्। एकीकृत  समाजवादीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार केन्द्रीय कार्यालय आलोकनगरमा सम्बोधन गर्दै नेपालले यस्तो दाबी गरेका हुन्। उनले आफू (तत्कालिन नेकपा एमालेको महासचिव) र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजा ज्ञानेन्द्र शाहसँग देशमा गणतन्त्र ल्याउने सहमति गरेको दाबी गरेका हुन्। आफूहरूले सहमति गरेपछि मात्र प्रचण्ड आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकहरूलाई प्रचण्डको अपिल- माग पूरा नभएसम्म आन्दोलन नछोड्नुस्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन्। राजधानीमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए। माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले शिक्षकहरूलाई अपिल गरे। ‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई लक्ष्य गर्दै प्रचण्डले भने, ‘कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ मा कुलमानलाई ‘प्रधानमन्त्री’ बनाइ छाड्ने समर्थकको मिसन

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध उनका समर्थकहरूले आन्दोलन जारी राखेका छन्। २०७८ साल साउन २५ गते नियुक्त भएका घिसिङको कार्यकाल आगामी साउन २५ गते सकिँदै थियो। तर, साढे चार महिना कार्यकाल बाँकी छँदै सरकारले उनलाई हटाएको भन्दै समर्थकहरू सडकमा आएका हुन्। आइतबार माइतीघरमा कुलमानका समर्थकहरूले विरोध प्रर्दशन गर्दै, आउने ०८४ को चुनावमा घिसिङलाई प्रधानमन्त्री बनाएर देखाउने भन्दै सरकारलाई चुनौती दिएका छन्। प्रदर्शनमा सहभागी मष्टो धर्म संरक्षक समितिका अध्यक्ष थर्कबहादुर बस्नेतले  आगामी ०८४ मा प्रधानमन्त्री कुलमान घिसिङलाई नै बनाउनपर्छ भन्ने उद्देश्यकासाथ आफूहरू अघि बढेको बताए। कुलमानलाई बर्खास्त गरेको सरकार अब आफैं बर्खास्त हुने चेतावनी समेत उनले दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डा. केसीको गुनासोः नेपाली समाजमा विद्वान र विद्वताको कदर हुनै छाड्यो

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले गहन अध्ययन र विश्लेषण नहुँदा समाज अराजक बन्दै गएको बताएका छन्। रामेछापमा आइतबार आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालको योगदान विषयक वृहत विचार गोष्ठीमा बोल्दै डा. केसीले अहिलेको समाज सामाजिक सञ्जालको पछाडि दौडिएको बताए। त्यसकै प्रभाव स्वरूप विदेश जाने एक खालको भूत युवा जमातमा चढेको उनको विश्लेषण छ। केसीले नेपालमा राम्रो रोजगारी भएका मानिसमा समेत विदेश जाने अचम्मको लालसा बढेको बताए। युवा पुस्तामा चाहना र आवश्यकता अति महत्त्वाकाङ्क्षी भएको कारण विदेशको मोह बढेको उनको ठम्याइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रम शोषणविरुद्ध डाक्टरको आन्दोलनः तलब ४८ हजार, पाउँछन् १९ हजार

नेपाल मेडिकल कलेज, जोरपाटीका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। आइतबार श्रम शोषणविरुद्ध उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिए। आन्दोलनरत डा. राजु चौधरीले मन्त्रिपरिषदबाट निर्णय नै भइसकेको विषय कार्यान्वयन नहुनु दुःखद भएको भन्दै सडकमा आउनुपरेको बताए। उनले सरकारले तोके अनुसारको तलबको व्यवस्था नभएसम्म आन्दोलनमा जारी राख्ने प्रतिक्रिया दिए। उनले भने, ‘मन्त्रिपरिषदबाट नै पास भइसकेका कुरा अर्थात न्यूनतम तलब ४८ हजार निजी मेडिकलहरूले लागू गरिरहेका छैनन्। त्यसैका विरुद्धमा हाम्रो शान्तिपूर्ण विरोध हो। अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाँउमा सडकमा आएर आफ्नो कुराहरु राख्ने परिस्थिति छ। यसले हामीलाई चिन्तित बनाएको छ। सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैन भन्नेजस्तो भयो। माग सम्बोधन नभएसम्म हामीले सडकमै हुनेछौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि प्रधानमन्त्री बन्न कांग्रेसको जालमा फसिसकेका थिए, मैले नै बचाएँः मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न कांग्रेसको अफर आएको स्वीकार गरेका छन्। उनले कांग्रेसबाट एक वर्षको लागि प्रधानमन्त्रीको अफर आएपछि लामिछाने हतारिएर कांग्रेसको जालमा फस्न लागेपछि आफैंले रोकेको दाबी गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले रवि प्रधानमन्त्रीका लागि हतारिएपछि आफूले संविधानको प्रावधान देखाएर त्यसलाई रोक्नुपरेको खुलासा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं