बिएल संवाददाता
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि पार्टी बृहत एकतासहित अगाडि बढ्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल तरुण दलको ७३औं स्थापना दिवसको शुभकामना आदानप्रसाद कार्यक्रममा बोल्दै उनले विगतको इतिहासको कालखण्ड जस्तै जनताले फेरि नेपाली कांग्रेसबाट अपेक्षा र आशा गरेको भन्दै कमीकमजोरीहरूलाई स्वीकार गर्दै संविधान र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताए।
उनले तरुण दलको झण्डा बोकेर लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि एकपटक फेरि संगठित र एकताबद्ध हुनुपर्ने बताए।
उनले भने, ‘तरुण दलको झण्डा बोकेर मुलुकको रक्षा, लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि हामी एकपटक फेरि संगठित र एकताबद्ध भएर देशभरका तरुणहरूलाई आह्वान गर्दै तयार हुन्छौं र एउटा नयाँ संकल्प, उत्साह र उर्जासहित हामी अगाडि बढ्नको लागि तयार छौ भन्ने सन्देश पनि देशभरका तरुणहरुले दिन जरुरी छ।’
भदौ २३ र २४ गतेको घटनाले देशलाई प्रतिकूल अवस्थामा पुर्याएको पनि उनको भनाइ छ।
उनले भने, ‘भदौ २३ गते तीनवटा माग राखेर जेनजी युवाहरूले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा धेरै युवाहरूले ज्यान गुमाउनु पर्यो। २४ गते देशैभर ठूलो भौतिक र मानविय क्षति भयो। नेपालको इतिहासमा पहिलो पटक देशको कार्यपालिका माथि आक्रमण भयो र ध्वस्त बनाइयो। त्यो घटनाले देशलाई प्रतिकूल अवस्थामा पुर्याएको छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया