बिएल संवाददाता
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि पार्टी बृहत एकतासहित अगाडि बढ्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित नेपाल तरुण दलको ७३औं स्थापना दिवसको शुभकामना आदानप्रसाद कार्यक्रममा बोल्दै उनले विगतको इतिहासको कालखण्ड जस्तै जनताले फेरि नेपाली कांग्रेसबाट अपेक्षा र आशा गरेको भन्दै कमीकमजोरीहरूलाई स्वीकार गर्दै संविधान र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताए।
उनले तरुण दलको झण्डा बोकेर लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि एकपटक फेरि संगठित र एकताबद्ध हुनुपर्ने बताए।
उनले भने, ‘तरुण दलको झण्डा बोकेर मुलुकको रक्षा, लोकतन्त्र र जनताको अधिकारको रक्षाको लागि हामी एकपटक फेरि संगठित र एकताबद्ध भएर देशभरका तरुणहरूलाई आह्वान गर्दै तयार हुन्छौं र एउटा नयाँ संकल्प, उत्साह र उर्जासहित हामी अगाडि बढ्नको लागि तयार छौ भन्ने सन्देश पनि देशभरका तरुणहरुले दिन जरुरी छ।’
भदौ २३ र २४ गतेको घटनाले देशलाई प्रतिकूल अवस्थामा पुर्याएको पनि उनको भनाइ छ।
उनले भने, ‘भदौ २३ गते तीनवटा माग राखेर जेनजी युवाहरूले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा धेरै युवाहरूले ज्यान गुमाउनु पर्यो। २४ गते देशैभर ठूलो भौतिक र मानविय क्षति भयो। नेपालको इतिहासमा पहिलो पटक देशको कार्यपालिका माथि आक्रमण भयो र ध्वस्त बनाइयो। त्यो घटनाले देशलाई प्रतिकूल अवस्थामा पुर्याएको छ।’
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
प्रतिक्रिया