बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावको म्यान्डेट पाएको अन्तरिम सरकारलाई अन्य काममा केन्द्रीत नहुन आग्रह गरेका छन्।
आइतबार गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा उनले वर्तमान सरकारको मुख्य काम चुनावको वातावरण सिर्जना गर्नु भएकाले अन्य कामभन्दा चुनाव गराउनेतर्फ केन्द्रीत हुन सुझाव दिएका हुन्।
‘यो अन्तरिम सरकारले अरू धेरै कुरा गर्छु भन्नुभन्दा चुनावी माहोल बनाउने तिर ध्यान केन्द्रित गरोस्,’ उनले भने, ‘मैले अहिले गृहमन्त्रीलाई तोकेर धेरै भन्न चाहन्नँ। तर, सुरक्षा र प्रशासन संयन्त्रलाई चुनाव केन्द्रीत गराउने जिम्मा गृहमन्त्रीकै छ। त्यसैले अरू कुरामा ध्यान दिनुभन्दा चुनाव गराउन केन्द्रीत हुनु उचित हुन्छ।’
उनले एमाले पनि चुनावमा जान तयार भइसकेको दाबी गर्दै तोकिएको समयमा शान्तिपूर्ण र निष्पक्ष रूपमा चुनाव सम्पन्न गराउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए।
उनले भने, ‘एमाले हिजोसम्म चुनावमा नजाने भन्ने थियो तर हिजोबाट चुनाव नै हो भन्न थालेको छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया