बिएल संवाददाता
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’मार्फत् राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेकोले देश जोगाउनुपर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफू देश छोड्न तयार रहेको बताएका हुन्।
‘म कसैबाट चलेको मान्छे होइन। म नेपालबाट नेपाली जोगाउन मैले आफ्नो क्षमताले भ्याएसम्म मैले पहिले पनि गरिरहेको थिए। मैले आज नेपाल संकटमा छ मैले जोगाउनु पर्छ भनेर म लागेको छु। तपाईंहरूले यो देश छोडेर जा भन्नुहुन्छ भने पनि म जान्छु। यो देश कसैले बनाउँछ भने म जान तयार छु। तर नेपाल बचाइदियोस्, विदेशबाट नेपालीलाई फर्काइदियोस्। फर्किने वातावरण बनोस्,’ उनले भने।
त्यस्तै उनले आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर वा नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए।
‘ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं। सबैले भुल्यौं। अब त कमसेकम देश जोगाउँ, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ। अब यसमा सुध्रिन पर्नेछ,’ उनले भने।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया