बिएल संवाददाता
नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले एमालेमा केपी ओलीको विकल्प नरहेको दाबी गर्दै हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन्।
उनले धमिलो पानीमा माछा मार्ने नियतले पार्टीभित्र र बाहिरका केही व्यक्तिहरूले गलत हल्ला चलाएको दाबी गर्दै अहिलेको अवस्थामा ‘एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले’ कसैले कल्पना नगर्न चेतावनी दिए।
‘अहिले केही तत्वहरू एमालेबिनाको देश र केपी ओली बिनाको एमालेको कल्पना गर्दै हिंडेका छन्, एमालेभित्र पनि केही व्यक्तिहरू त्यो खिचडी बनाउन चाहेका होलान् तर उनीहरूले कुनै दिवासपना नदेखे हुन्छ,‘ सोमबार अर्घाखाँचीको सन्धिखर्कमा नेकपा एमालेले आयोजना गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै थापाले भने, ‘अहिले देशमा एमालेबिना चल्न सक्दैन र एमाले केपी ओलीको नेतृत्वबिना चल्न सक्दैन, मंसिर महिनामा हुने महाधिवेशन अध्यक्ष केपी ओलीकै नेतृत्वमा अघि बढ्छ कसैले भ्रम नपाले हुन्छ।’
थापाले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन ठूलो राष्ट्रघाती गिरोहको योजनामा भएको दाबी गरे।
भन्छन्, ‘हामीले जेन–जीहरूका जायज मागमा साथ दिन्छौं तर उनीहरूलाई मोहोरा बनाएर विध्वंश मच्चाउनेहरूलाई कुनै पनि मानेमा साथ दिन सकिदैन। राष्ट्रिय सम्पति र व्यक्तिगत सम्पतिमा आगो लगाउनेलाई पानीमुनि गए पनि छाडिने छैन।’
थापाले आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि बनेको कार्की आयोगले केही काम गर्न नसक्ने जिकिर गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने भनेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया