शुक्रबार, १५ अगस्ट २०२५

जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो– प्रचण्ड

अध्यक्ष प्रचण्डले भने, ‘पछिल्लो समय जहाँ गए त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ। नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन। प्रतिक्रियावादी जालिझेलिहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार झाँतोमा पिस्ने जुन काम गरेका छन्। हामी समाजवादी नयाँ आन्दोलन मार्फत त्यसको प्रतिवाद गर्नेछौं। भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्दिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ। को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घिडा देखिएको भन्ने संकेत देखिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

उधौली, योमरी पुन्हि र धान्य पूर्णिमाको अवसरमा सभापति देउवाले दिए शुभकामना

उनले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेको बताउँदै शुभकामना सन्देशमा लेखेका छन्,‘सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेका छन्। सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको छ। यी पर्वहरूले नेपाली समाजमा सद्भावना बढाउदै आएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सांस्कृतिक चाडपर्वले हाम्रो पहिचान कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ: राष्ट्रपति

उनको सन्देशमा उल्लेख छ, ‘विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौली जस्ता चाड पर्वले हाम्रो साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ। यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेकपा एसको बैठक आज पनि बस्दै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ। आजको बैठकमा वरिष्ठ नेताहरु बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालले आफ्नो धारणा राख्ने छन् भने अन्तिममा अध्यक्ष नेपालले सबैको जवाफ दिनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ– गृहमन्त्री लेखक

गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचन सम्मै कायम रहने जिकिर गरे। संविधान संसोधन तथा राजनितिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यक्ता महसुस भएकाले जनचाहना अनुसार काम हुने उनको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चुनावको परिणाम चिन्ताजनक छ– शंकर पोखरेल

नेकपा एमालेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला च्यासलमा सुरु भएको छ। केन्द्रीय संगठन विभागद्वारा आयोजितमा दुई दिने कार्यशाल सुरु भएको हो। विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा जारी कार्यशालमा महासचिव शंकर पोखरेलले बार्षिक कार्ययोजनाबारे दिशानिर्देश गरेका छन्। दिशानिर्देश गर्दै पोखरेलले चुनावका समयमा जुन प्रकारको रिपोर्टिङ गरिन्छ त्यो आजको परिणामका बीचमा कुनै एकता नभएको बताएका छन्। उनले चुनावको समयमा रिपोर्टिङ उत्साहित भए पनि परिणाम त्यो भन्दा भिन्न आएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँ ७७ वटै जिल्लाबाट आउने नागरिकहरूका लागि राजधानी बन्न सकोस्

उनले भने, ‘आज यो ३० औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो। महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा  सबैले सहयोग पुर्याउनु भएको छ। महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाई कर्मचारिहरूलाई धन्यवाद दिन चाहन्छु। काठमाडौं महानगरपालिकाको  शुसासन र  व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु।  काठमाडौं महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु। सबैले महानगरको लागि शिक्षा, स्वस्थ्य, सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनु भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडौँ ७७ वटै जिल्लाबाट आउने नागरिकहरूका लागि राजधानी बन्न सकोस्

उनले भने, ‘आज यो ३० औँ महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो। महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा  सबैले सहयोग पुर्याउनु भएको छ। महानगरपालिकालाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाई कर्मचारिहरूलाई धन्यवाद दिन चाहन्छु। काठमाडौं महानगरपालिकाको  शुसासन र  व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरूलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु।  काठमाडौं महानगरको विभिन्न विभाग शाखामा कार्यरत सबैलाई धन्यवाद दिन चाहन्छु। सबैले महानगरको लागि शिक्षा, स्वस्थ्य, सम्पदा र विविध विभिन्न क्षेत्रमा आफ्नो योगदान दिनु भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बिहान ११ बजे बस्न लागेको छ।  पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुक्रबारदेखि जारी बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने संगठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतका कार्यसूचिमा छलफल भइरहेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्वविद्यालयमा मेरिटोक्रेसीले ल्याएको सुधार सरकारलाई घाडो भएको छ– प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले गरेका सुधारका काम अहिलेको सरकारलाई घाडो भएको बताएका छन्।  धादिङ जिल्लाको बेनीघाट रोराङ्ग गाउँपालिका ८ बिधाङको कालिका माध्यामिक विद्यालयमा आयोजित एकीकृत छात्रावास समुद्घाटन एंव चैलिङ नमुना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। आज (बिहिबार) माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पार्टीको स्थायी समिति बैठक बस्न लागेको हो। बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेलाई आज फेरि अदालत लगिँदै

सहकारी ठगी र संगठित अपराध अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि म्याद थप्न आज फेरि अदालत लगिँदैछ। पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले थप समय माग गर्न अदालत उपस्थित गराउने तयारी गरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त शर्माले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन्: मन्त्री गुप्ता

सरकारका मुख्यसचिव एकनारायण अर्याल समेत सहभागी सो कार्यक्रममा उनले नेता बोकेर आफूलाई भेट्न आउने कर्मचारीबाट आजित भइसकेको बताए।  उनले भने, ‘मैले मन्त्रालय सम्हालेको पाँच महिना बितिसकेको छ। मुख्यसचिवजी साँच्चिकै मेरो कार्यकक्षमा आएर मलाई यस्तो समस्या प¥यो। यसरी हेरिदिनुहोस् भनेर कोही कर्मचारी आउनुहुन्न। जो पनि कर्मचारी आउनुहुन्छ एउटा न एउटा नेता बोकेरै आउनुहुन्छ। यो पीडाबाट म आफै ‘परिसान’ छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविमाथि सरकारले अमानवीय व्यवहार गर्‍याे: प्रचण्ड

‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चीन भ्रमणले सत्ता फेरबदलमा कुनै प्रभाव पार्दैन- प्रधानमन्त्री ओली

चीन भ्रमण सकेर फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग सम्झाैताअनुसार नै सरकार चल्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शंकरलाई वर्षमानको प्रश्नः रेखा शर्मासँग चुनाव हार्नेले प्रचण्डलाई ‘हरूवा’ भन्न लाज लागेन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी हरुवाहरुले सरकार चलाउने युगको अन्त्य भएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। रोल्पाको माडी गाउँपालिकाको पार्टी अधिवेशनलाई आइतबार सम्बोधन गर्दै पुनले पोखरेलको भनाइप्रति आपत्ति जनाएका हुन्। उनले आफ्ना नेता रेखा शर्मासँग ०७९ को आमनिर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट पराजित भएका पोखरेलले गोरखा–१ बाट निर्वाचित प्रचण्डलाई हरुवा भनेकामा आश्चर्य प्रकट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

पालिका सम्मेलनको कार्यविधि बनाउन कार्यदल बनाउने माओवादीको निर्णय (भिडियाे)

मंगलबार खुमलटारमा बसेको पार्टी बैठकले कार्यविधि बनाउनका लागि कार्यदल बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

साेमबार बस्न नसकेकाे माओवादी पदाधिकारी बैठक आज

सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक बैठक बस्दै

सोमबार पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको पार्टीका सचिव प्रकाश शर्माले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ