 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                जेन–जी विद्रोहपछि पदच्युत भएका निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आफूले गोली हान्ने कुनै आदेश नदिएको दाबी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लेखकले आन्दोलनकारीमाथि गोली चलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले सुरक्षा निकायलाई गोली चलाउन आदेश नदिएको बताएका हुन्।
‘दुःखद घटना भएपछि भदौ २३ गते गृहमन्त्री पदबाट मैले राजीनामा गरेको थिए। आन्दोलनका क्रममा बल प्रयोग गर्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको भन्ने विषय उठेका छन्, यसमा प्रधानमन्त्रीज्यू र मबाट गोली प्रहारको कुनै आदेश भएको छैन।’
उनले जेन–जीहरूको माग राम्रा भए पनि आन्दोलनमा क्रममा घुसपैठ भएर अप्रत्यासित घटना भएको बताए।
‘जेनजीहरूले राम्रा माग राखेर आन्दोलन गर्नुभएको थियो। तर, घुसपैठ भएर अप्रत्याशित घटना भए। नहुनुपर्ने घटना भए,’ लेखकले भने।
उनले देश कानुन र संविधान बमोजिम चल्नुपर्ने बताए।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया