बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेल जेन–जी अगुवाहरूसँग वार्ता गर्दागर्दै अस्वस्थ भएका छन्।
२२ जना जेन–जी अगुवाहरूसँग प्रधानमन्त्री सुशीला कार्कीसहित शनिबार शीतल निवासमा वार्तामा बसेका पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ।
टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको थियो।
पौडेलको अवस्था स्थिर रहेको र थप परीक्षणका लागि अस्पतालमै भर्ना गरिएको अस्पताल स्रोतले बतायो। चिकित्सकहरूले राष्ट्रपतिलाई केही दिन आराम गर्न सुझाव दिएका छन्।
जेन–जी वार्ता टोलीमा अनाधिकृत व्यक्तिहरूलाई समावेश गरिएको भन्दै शीतल निवास अगाडि जेन–जी नेताहरूले विरोधसमेत गरेका थिए।
विवाद र राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएपछि वार्ता सोमबारका लागि सारिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया