 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                जेन–जी आन्दोलनकी अगुवा रक्षा बमलाई मन्त्री बनाउन अभियान सुरु भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाटै बमलाई जेन–जीको तर्फबाट महिला तथा बालबालिका मन्त्री बनाउन दवाब आएको स्रोतले बतायो।
स्रोतका अनुसार विवेकशील नेपाली दलको स्कुलिङ पाएकी बमलाई मन्त्री बनाउन प्रधानमन्त्रीको सचिवालय सदस्य गोविन्दनारायण तिमल्सिना, रास्वपा नेता पुकार बम सक्रिय रुपमा लागेका छन्।
गोविन्दनारायण विवेकशील नेपाली दलका संस्थापक उज्वल थापाको स्मृतिमा स्थापना गरिएको उज्वल थापा फाउन्डेसनका संस्थापकसमेत हुन्।
त्यस्तै बालेननिकट रास्वपा नेता गणेश कार्की पनि रक्षा बमलाई मन्त्री बनाउने अभियानमा लागेको स्रोतको दाबी छ। यद्यपि बम आफैं भने बालेन विरोधी मानिन्छिन्।
काठमाडौं महानगरले फुटपाथ व्यवसायीहरूलाई बलपूर्वक हटाएपछि सामाजिक अभियन्ता ईः ले बालेनविरुद्ध ‘गरिबको चमेली बोलदिने कोही छैन’ अभियान चलाएका थिए। सो अभियानमा रक्षा बम पनि जोडिएकी थिइन्। बालेनविरुद्ध महानगरअघि धर्ना दिनेमध्ये उनी पनि एक थिइन्।
बालेनविरोधी छवि भएकी बमलाई मन्त्री बनाउन प्रधानमन्त्री कार्की र बालेनका विश्वासपात्र गृहमन्त्री ओमप्रकाश अर्याल अनिच्छुक देखिएका छन्। जेन–जी आन्दोलनमा महत्वपूर्ण सरकारी संरचनाहरूमा क्षति गर्नेलाई कारबाही गर्ने घोषणा गरिसकेका गृहमन्त्री अर्याल सिंहदरबार जल्दैगर्दा विजय उत्सव मनाएकी विवादित पात्र बमलाई मन्त्री बनाउन नहुने अडानमा देखिन्छन्।
त्यति मात्र होइन बममाथि अमेरिकी युथ काउन्सिलको सदस्य र दूतावासको सहयोग लिएको आरोपसमेत लाग्ने गरेको छ।
बालेन टीमको नोटिसमा रहेकी विवादित पात्र बमलाई मन्त्री बनाउन दवाब सुरु भएपछि सुदन गुरुङसहित अन्य जेन–जी समूहले पनि आपत्ति जनाएका छन्।
गत भदौ २४ गते जेन–जी विद्रोहपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका थिए। ओलीको राजीनामापछि बमले ‘देखिस् तेरो पतन!’ जलिरहेको सिंहदरबारअघि भिक्ट्री पोज दिएको तस्बिर पोस्ट गरेकी थिइन्।
बमले ओलीले राजीनामा दिएपछि राज्यको प्रतीक भएको हिसाबले एउटा बिम्ब स्वरूप सिंहदरबार अघि उभिएर जितको खुशी मनाएको दाबी गरेकी छन्।
सिंहदरबार जलाउन आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेकी छन्। उनले सिंहदरबार जलाउनेलाई कारबाहीको माग गर्दै छानबिन आफैंबाट सुरु गर्न पनि तयार भएको बताएकी हुन्।
उनी भन्छिन्, ‘यसलाई तपाईंले राजनीतिक दृष्टिकोणले मात्र हेर्नुहुन्छ भने अनुसन्धान हुनुपर्छ। सिंहदरबार जलाउनेहरूलाई पनि अनुसन्धान हुनुपर्छ र गोली दाग्नेहरूलाई पनि अनुसन्धान हुनुपर्छ।’
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया