बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नचम्किन सुझाव दिएका छन्।
बिहीबार गुन्डुमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूले यसअघि वर्तमान गृहमन्त्रीको नाम नै नसुनेको दाबीसमेत गरे।
ओलीले कार्यकर्तालाई प्रश्न गर्दै भने, ‘तपाईंहरू कतिले नाम सुन्नुभएको थियो अहिलेको गृहमन्त्रीको? मैले त नाम पनि सुनेको थिइनँ, गृहमन्त्री भएपछि पो थाहा पाएँ।’
अधिवक्ता समेत रहेका अर्याल तिनै व्यक्ति हुन् जसले गिरिबन्धुको जग्गा सट्टापट्टा गर्ने तत्कालिन ओली सरकारको निर्णय सर्वोच्च अदालतबाट बदर गराएका थिए। गिरीबन्धुको ३ सय ४३ बिगाहा १९ कठ्ठा जग्गा अन्य ठाउँमा सट्टापट्टा गर्न दिएको स्वीकृति अदालतले बदर गरेको थियो।
त्यस्तै गुन्डुमा कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘गृहमन्त्रीको सम्बन्धमा मलाई धेरै भन्नु छैन, गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु।’
ओलीले थपे, ‘राजनीति ख्यालठट्टा हैन, देश चलाउने विषय ख्यालठट्टा हैन, यस कुरालाई बुझेर चल्न म सुझाव दिन चाहन्छु।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया