बिएल संवाददाता
                                जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमालेनिकट युवा संघले शनिबार आयोजना गर्न लागेको मोटरसाइकल र्यालीमा रोक लगाएको छ।
युवा संघको प्रदर्शनको तयारीबीच काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गर्दै र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता कार्यक्रम गर्न रोक लगाएको बताएका हुन्।
पौडेलले सूचनामार्फत शनिबारका दिन फरक-फरक समूहहरूले काठमाडौंका विभिन्न स्थानहरूमा मोटरसाइकल ऱ्याली तथा सभा गर्ने भनी सूचना आएको र र्याली, जुलुश, धर्ना, सभा र प्रदर्शनजस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले कोही कसैलाई स्वीकृत नदिने प्रष्ट पारेका हुन्।
गत भदौ २३ गतेको जेन–जी आन्दोलनपछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरूमा भएको क्षति समेतका घटना हुन पुगेको घटना सम्झाउँदै प्रशासनले प्रदर्शनमा रोक लगाएको हो।
प्रशासनको सूचनामा भनिएको छ, ‘आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ। अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरू नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्वद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया