बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले श्रम तथा रोजगारमन्त्री बनाउँन लागेका खगेन्द्र सुनार दुईवटा मुद्धाका फरा अभियुक्त रहेको खुलेको छ।
प्रहरी प्रधान कार्यालयको चारित्रिक प्रमाणपत्र जारी गर्ने चालचलन शाखाका अनुसार सुनार दुईवटा मुद्धामा फरार अभियुक्त देखिएका हुन्।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको देखिन्छ। तर उक्त मुद्धा फर्छ्यौट भइसकेको छैन।
यस्तै सुनारविरुद्ध २१ असार ०८१ मा सुर्खेत जिल्ला अदालतले पनि पक्राउ पूर्जी जारी गरेको भेटिएको छ। अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्धामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको देखिन्छ। तर, उक्त मुद्धामा पनि उनी पक्राउ नपरेको र सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया