बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र छलफलका क्रममा फरक मत आउनुलाई अनावश्यक प्रचारको विषय बनाउन नहुने बताएका छन्।
सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शर्माले पार्टीभित्र फरक मत आउनुलाई स्वभाविक रूपमा लिनुपर्ने बताए।
उनले भने, ‘फरक मतमा कांग्रेसले छलफलबाट निष्कर्ष निकाल्छ। नेपाली कांग्रेस पार्टी कसैले विग्रह होला भनेर कसैले सोचेको छ, कसैले धूप बालेको छ भने विल्कुलै नसोचे हुन्छ। मैले व्यक्तिगत विश्वप्रकाशले बोलेको होइन। नेपाली कांग्रेसको महामन्त्रीको हैसियतले सबै शुभचिन्तकलाई भन्छु कांग्रेस एक ढिक्का रहन्छ।’
‘केन्द्रीय समितिले हस्ताक्षर र आम निर्वाचनलाई पनि ख्याल गर्नुपर्छ। र राष्ट्रिय आवश्यकतालाई बुझेर कांग्रेस एक भएर जानुपर्ने कुरालाई पनि उत्तिकै ध्यान दिएर निर्णय गर्नुपर्छ,’ उनले भने।
उनले परिस्थित बदलिएसँगै कांग्रेस पनि बदलिएर समाज बदल्ने बाटोमा लाग्ने आश्वस्त पारे।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया