बिएल संवाददाता
नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।
डा. सुधा गौतमले स्वास्थ्य तथा जनसंख्यामन्त्री र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन्।
मन्त्री नियुक्तिको लागि तयार पारिएका अर्का दुई जनाको भने शपथ रोकिएको छ। भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रममन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको शपथ रोकिएको हो।
श्रममन्त्रीमा सिफारिस भएका सुनारको र भूमि सुधार मन्त्रीमा सिफारिस भएका श्रेष्ठको अनेक काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि अन्तिम समयमा आएर उनीहरूको शपथग्रहण ‘होल्ड’ गरिएको हो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया