बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले फेसबुमार्फत कसैले आफूलाई अध्यक्षबाट हट्न भन्दैमा नहट्ने स्पष्ट पारेका छन्।
बुधबारबाट ललितपुरको रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो राजीनमा माग्ने नेताहरूतर्फ लक्षित गर्दै ‘केही सुरवीरहरूले नेतृत्व छाड्न फेसबुकमार्फत भने पनि आफू सुन्ने पक्षमा नरहेको’ स्पष्ट पारेका हुन्।
‘केही पार्टीभित्र पनि सुरवीरहरूलाई लहड चलेको देख्छु। कसैले मेरो राम्रो बौद्धिक विश्लेषण गर्नेहरूले छोड्दिन्छ। देश अलपत्र पार्छ भन्ने पनि सुनेको छु,’ ओलीले भने।
उनले आफू सप्रिन देशभक्तिपूर्ण विचार छाड्नुपर्ने हो? भन्दै प्रश्न समेत गरे।
‘हामी छाड्दैनौं। मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन। यो कमिटीले भन्नुपर्छ। यसले भनेका बेला अँध्यारो मुख लाउने वाला छैन। यस कमिटीको आदेशमा जुनसुकै मान्न तयार छु।’
ओलीले देशभरिका युवाले ‘केपी बा’ भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भएपछि चरित्र हत्या गरेको जिकिर गरे।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया