छाउगोठमा सुतेकी थिइन कमला, सर्पले डस्दा मृत्यु
सर्पले डसेपछि २८ वर्षीया उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको ज्यान गएको हो। छाउगोठ भत्काउने र ‘मर्यादित महिनावारी’को अभियान चलिरहेका बेला फेरि छाउगोठमै महिलाको मृत्यु भएको छ। कानुनले यो परम्परालाई ‘अपराध’ मानेको छ।
बिएल संवाददाता - काठमाडाैं