रास्वपा छोडेकी पूर्वसांसद सुमना श्रेष्ठसँग मिलेर अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङले नयाँ पार्टी गठन गर्न लागेको चर्चाले राजनीतिक वृत्त तातेको छ।
जेन–जी आन्दोलनपछि संसद पद गुमेलगत्तै नेतृत्वविरुद्ध अनेक आरोप लगाउँदै पार्टी परित्याग गरेकी श्रेष्ठसँग मिलेर विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी निर्देशक घिसिङले नयाँ वैकल्पिक पार्टी दर्ता गर्न लागेको बताइन्छ।
पार्टी खोल्ने विषयमा रास्वपाकी पूर्वसांसद सुमना श्रेष्ठ, सागर ढकाल, सुदन गुरुङ, जेनजी युवा प्रवेश दाहाल लगायतहरू छलफल रहेको स्रोत बताउँछ।
आगामी निर्वाचनका लागि कार्तिक मसान्तसम्म दल दर्ता गरिसक्नुपर्ने बाध्यात्मक अवस्थामा कुलमानले तत्काल मन्त्रीबाट राजीनामा दिएर आफ्नै नेतृत्वमा नेतृत्वमा पार्टी दर्ता गर्न लागेका स्रोतको दाबी छ।
जेनजी विद्रोहपछि गैरदलीय सरकार बनेकाले दल दर्तापछि कुलमानलाई मन्त्रिपरिषदबाट बाहिरिन कुलमानलाई नैतिक दवाब पर्नेछ। यद्यपि आफ्ना कुनै एक विश्वासपात्रको नाममा पार्टी दर्ता गरेर निर्वाचनको केही दिनअघि मात्रै मन्त्रीबाट राजीनामा दिएर चुनावमा होमिने विकल्पमा पनि छलफल भइरहेको उनीनिकट स्रोतले बतायो।
त्यस्तै मन्त्री घिसिङले पनि तत्काल मन्त्रीबाट राजीनामा दिने चर्चाबारे खण्डन गरेका छन्।
कुलमानले भनेका छन्, ‘मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु। जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ। तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु।’
कुलमानले सञ्चालन गरेको ‘उज्यालो नेपाल’ अभियानलाई नै पार्टी पार्टीको रुप दिने बारे प्रमुख चर्चा भएको बुझिएको छ। ‘उज्यालो नेपाल’मा सहमति नजुटे नेपाल विकास दल वा विकासवादी दल राख्न सकिने विकल्पमा पनि छलफल भएको बुझिएको छ।
चुनाव चिह्न भने ‘बिजुलीको चिम’ राख्ने सहमति भइसकेको छ।
उनीहरूले काठमाडौंका मेयर बालेन्द्र साह उर्फ बालेनको पनि समर्थन लिने प्रयास गरिरहेको बुझिएको छ। बालेन औपचारिक रुपमा पार्टीमा आवद्ध नभए पनि नैतिक समर्थन दिएमात्रै पनि पार्टीलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन सकिने उनीहरूको अपेक्षा छ।
यता रास्वपाका नेताहरूले भने आफ्नो नेतृत्वविरुद्ध राज्य नै लागेर प्रतिशोध साँधिरहेको बेला खराब समयमा साथ दिनुको साटो अनेक आरोप लगाउँदै पार्टी छोडेको भन्दै सुमनाको आलोचना गरिरहेका छन्।
पार्टी स्थापनादेखि नै रास्वपाको कमजोरी बुझेकी सुमनाले रास्वपा सिध्याउँन पहिला रवि लामिछानेको छवि सिध्याउनुपर्ने भन्दै रविविरुद्ध अभियान चलाएको आरोप छ।
जेनजी आन्दोलनमा कारागारबाट निस्केका लामिछानेविरुद्ध माहोल बनाउँन पनि उनले बालेननिकटहरूसँग मिलेर अभियान नै चलाएको रास्वपा नेताहरूको आरोप छ। अहिले पनि रास्वपालाई काउन्टर दिन अर्को वैकल्पिक दल नै चाहिने भन्दै कुलमानलाई रास्वपासँग मिल्न नदिएर नयाँ पार्टी गठनका लागि उक्साएको बताउँछन् नेताहरू।
रविनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँ (सुमना) पहिलेदेखि नै रास्वपामा हुनु हुन्नथ्यो। जेनजी आन्दोलनपछि संसद पदसमेत खुस्किएपछि त्यही बहानामा हिँड्नुभयो। अहिले रास्वपा सिध्याउने ध्याउन्नमा वैकल्पिक राजनीति नै ध्वस्त बनाउँदै हुनुहुन्छ। कुलमानजी त्यसको साक्षी बन्दै हुनुहुन्छ भन्ने सुनिन्छ। त्यस्तो नभइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो। हाम्रो मात्रै होइन सबै नेपालीको त्यही हुनुपर्छ।’
यता वैकल्पिक शक्ति निर्माणको अभियानमा खटिएका रास्वपा नेता पुकार बमले पनि वैकल्पिक शक्तिहरू टुक्रिँदै जाने हो भने एकदिन सबै नेताहरू जेल जाने निश्चित रहेको भन्दै ७ बुँदे ध्यानाकर्षण जारी गरेका छन्।
उनलाई रास्वपाले अन्य वैकल्पिक शक्तिहरूसँग सहकार्य वा एकताको माहोल बनाउँन खटाएको छ।
उनले नयाँहरू एकजुट नभएर फागुनको निर्वाचनपछि पुरानै शक्तिहरू सत्तामा फर्किने चिन्ता व्यक्त गर्दै उनीहरूको पहिलो टार्गेटमा नै नयाँ शक्तिहरू पर्ने चेतावनी दिए।
उनी भन्छन्, ‘आजसम्म दोषी करार नभइ सकेका, कारागारभित्र भएकै एकमात्र कारण देखाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाईमात्र एकताको बाधक देख्दै गर्दा, भोलि नयाँ दलका अध्यक्ष कुलमान घिसिङमाथि (नीतिगत संस्थागत र आर्थिक भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग, संगठित अपराध, अपचलन लगायतका मुद्धा) र कुलमानजी नेतृत्वको पार्टीका अन्य प्रमुख नेता भनिएका र समर्थन गरेका नेतृत्वकर्ता बालेन शाह, सुमना श्रेष्ठ, सुदन गुरुङ, सागर ढकाल, सोम शर्मा लगायतमाथि (देशद्रोह, आतंकवाद प्रोत्साहन, साम्प्रदायिक दङ्गा उत्प्रेरणा, आन्दोलनमा भीडलाई उक्साएको, विध्वंश मचाएको, आगजनी, सार्वजनिक सम्पत्ति तोडफोड, ज्यान मार्ने मुद्धा, हुलहुज्जत गरेको लगायत) मुद्धा दायर पश्चात् तपाईंहरू लाई के भन्ने?’
यस्तो छ पुकार बमको सातबुँदे ध्यानाकर्षण–
#चैत्र२०८२ लगत्तै - चुनाव पछिको उहीँ पुराना नेताहरुको नेतृत्वको महागठ्बन्धन सरकारको पहिलो प्राथमिकता :#OperationKiloSera2 #Version2 ( #EliminateGenZ #EliminateAlternatives )
( #Note : नेपालको Operation #किलोसेरा२ इतिहास गुगल भरी छ )
*****************
1. मुद्दा, विचार र सिद्धान्त एक हुँदाहुँदै एक्ला एक्लै जाने हो भने अबको बाटो स्पष्ट छ - जेल भित्र ।
2. अनि त्यही कालकोठरी जेलभित्र - सानो #धिपधिपे #चिमको उज्यालोमा भजन किर्तन कत्थक डिस्को डान्स नाचगान दोहोरी र Rap Battle तालमा एकता को बार्ता गर्ने दिन टाढा छैन ।
3. #मिति #याद #राखिराख्नुस् है - #२०८२फागुन२१ मा चुनाव भइहाल्यो भने चुनावको नतिजा #फागुन३० भित्रसम्म आइसक्छ र तिनै पुरानाहरु महागठबन्धनको आडमा #GenZ जनआन्दोलन पश्चातका अहिले एक्ला एक्लै नयाँ वैकल्पिक भनिएका सानासाना शक्तिहरूलाई र तिनका नेतृत्वहरूलाई चैत्र २०८२ देखिन छानी छानी खोजीखोजी जिल्ला जिल्लामा अनेकौ मुद्दा लगाएर जेलभित्र अनन्तकालसम्म सढाउने निश्चित प्राय छ।
4. अत्याचारको पनि सीमा नाघ्नेगरी योभन्दा अघिल्लो #ओली #देउवा नेतृत्वको कांग्रेस एमालेको दुईतिहाइको सरकारले रवि लामिछाने माथि राजनीतिक प्रतिशोध साधेको जग जाहेर छ ।
5. तलका प्रश्नबाट कोही पनि भाग्न पाउँदैन। जवाफ दिनैपर्छ।
"आजसम्म दोषी करार नभै सकेका, कारागार भित्र भएकै एकमात्र कारण देखाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाईमात्र एकताको बाधक देख्दै गर्दा, भोलि नया दलका अध्यक्ष Kulman Ghising माथी ( नीतिगत संस्थागत र आर्थिक #भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, अख्तियार दुरुपयोग, संगठित अपराध, अपचलन लगायतका मुद्दा ) र कुलमानजी नेतृत्वको पार्टीका अन्य प्रमुख नेता भनिएका र समर्थगरेका नेतृत्वकर्ता Balen Shah Balen बालेन शाह Sumana Shrestha सुमना श्रेष्ठ Sudan Gurung सुदन गुरुङ Sagar Dhakal सागर ढकाल Som Sharma सोम शर्मा लगायत माथी ( देशद्रोह, आतंकवाद प्रोत्साहन , साम्प्रदायिक दङ्गा उत्प्रेरणा ,आन्दोलनमा भीडलाई उक्साएको , विध्वंश मचाएको ,आगजनी, सार्वजनिक सम्पत्ति तोडफोड, ज्यान मार्ने मुद्धा, हुलहुज्जत गरेको लगायत ) मुद्दा दायर पश्चात् तपाईहरु लाई के भन्ने ??
दोषी करार नहुन्जेल त्यो बेला तपाईँहरू नेतृत्व गर्न अयोग्य ठहर हुन्छ ??
१०-१५ जिल्लामा मुद्दा दायर भै अनुसन्धानको लागि जेलभित्र रहेको बेला नयाँ पार्टीका अध्यक्ष कुलमान घिसिङ र पदाधिकारी र नेतृत्वबाट तपाईँहरू पछाडि हट्नुहुन्छ ? बालेन शाहले फेरि पनि समर्थन गर्नुहुन्छ ???
**********
6. अहिले तपाईँहरूलाई यो सबै परेको छैन त्यसैले यसको उत्तर थाहा नहुन पनि नहुन पनि सक्छ। तर परिसकेपछि सायद यी सबैका उत्तर तपाईहरुसँग हुनेछ तर त्यो बेला धेरै ढिला भइसक्नेछ।
7. त्यो बेला सबैजनासँगै नक्खु कारागारभित्र छलफल बहस वार्ता गर्दै गर्नुहोला। सायद नेपाली जनताले खोजेको रोजेको चाहेको सपना देखेको यही दिन देख्नलाई होला ।
सबैको जय होस्🙏
पशुपतिनाथले यो देशको रक्षा गरुन 🙏🙏
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया