सोमबार, १७ नोभेम्बर २०२५

कम्युनिस्टका नौ टुक्रा एक हुँदा, मूल पार्टी अरु टुक्रा परे

News Image
• • •

नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीसहित विभिन्न वामघटक तथा समूहहरूबीच आज एकताको घोषणा हुँदैछ।

नौ वाम दल र विभिन्न समूहहरूले आझ भृकुटीमण्डपमा एकताको घोषणा गर्दैछन्। दिउँसो १ बजे घोषणा सभा राखिएको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माओवादी नेतृत्वको एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा(चिरन), नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीहरू मिलेर अब एउटै पार्टी बनाउनेछन्।

गोपाल किराँतीले आफ्नो कम्युनिस्ट समूह केही दिनअघिमात्रै माओवादीमा मिसाएका थिए।

यी सबै पार्टी मिलेपछि ‘नेपाल कम्युनिस्ट पार्टी’ हुनेछ। यसको चुनाव चिह्न ‘पाँच कुने तारा’ हुनेछ।

यो एकतासँगै केही पार्टीका नेताहरू भने विभाजित भएका छन्। माओवादी केन्द्रका जनार्दन शर्मा र राम कार्कीको एउटा समूह प्रचण्डबाट अलग्गिएको छ। त्यस्तै झलनाथ खनाल माधव नेपालबाट अलग भएका छन्। उनीसँगै एकीकृत समाजवादीका घनश्याम भुषाल, रामकुमारी झाँक्रीलगायतका नेताहरूले पनि नेपालको साथ छोडेका छन्।

त्यस्तै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टी तीन टुक्रा भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!