बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौ चेतावनी र पूर्ण जोडबलका वावजुद न्यूयोर्क सहरले पहिलोपटक एकजना मुस्लिम मेयर पाएको छ। अमेरिकी इतिहासमा पहिलोपटक यो सहरले ३४ वर्षीय जोहरान ममदानीलाई मेयरका रुपमा निर्वाचित गरेको छ।
उनी दक्षिण एशियाली मूलका हुन्। उनका पिता भारतीय मूलका मुस्लिम समुदायका हुन्। अमेरिकी डेमोक्रेट पार्टीका उम्मेदवार उनले कूल मतको लगभग ५०.३ प्रतिशत पाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ‘स्वतन्त्र’ भनिएका डन्ड्र्यू कुओमोलाई समर्थन दिएका थिए। मतदानको अघिल्लो दिन ट्रम्पले ममदानीलाई ‘कम्यूनिस्ट कट्टरवादी’ भन्दै उनलाई जिताए न्यूयोर्क सिटीलाई संघीय अनुदान रोक्का गरिदिने जस्ता चेतावनी दिएका थिए।
सन् १९९१ मा युगान्डाको राजधानी कम्पालामा जन्मिएका ममदानी ‘भारतीय अमेरिकी फिल्म निर्देशक मीरा नायर तथा कोलम्बिया युनिभर्सिटीका प्रख्यात प्राध्यापक महमूद ममदानीका छोरा हुन्।
उनी सात वर्षको उमेरमा अमेरिका पुगेका थिए। सन् २०१८ मा मात्रै उनले अमेरिकी नागरिकता प्राप्त गरेका थिए।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया