आइतबार, ०९ अगस्ट २०२६

अन्नबाट बनाइएकाे मन्जुश्रीकाे आकृति

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाैं
News Image
• • •

ललितपुरकाे साैगलस्थित सुम्बहालमा भुटेका गेडागुडीहरूबाट भगवानकाे आकृति बनाइएकाे छ।

विशेषगरी काठमाडाैँ उपत्यकाका नेवार समुदायमा असोज शुक्ल पूर्णिमा (कती पुन्ही, कोज्रागत पूर्णिमा) र कार्तिक शुक्ल पूर्णिमा (सकिमिला पुन्ही, सकिमना पुन्ही, हलिमली पुन्ही,जह्रा पिन्ही) आदिमा भुटेका गेडागुडीहरुबाट भगवानको आकृति बनाउने परम्परा रहेकाे छ।

यस वर्ष पनि भुटेका गेडागुडीबाट मन्जुश्रीकाे आकृति बनाएर प्रदर्शनमा राखिएकाे छ। 

२०७४ सालदेखि भुटेका अन्नहरूले मन्जुश्रीको आकृति बनाउँदै आएको सुम्बहा संगीति खलका गुरू शुक्रराज शाक्यले बताए। 

 उनका अनुसार जाडो महिना सुरु भएसँगै सकिमिला पुन्ही मनाइने गरिन्छ। ‘जाडो महिनामा पोािषलो खाना खानुपर्छ तर भगवानलाई नचढाइकन खानु हुँदैन। हामीले भगवानलाई चढाउनैका लागि यो पुजा गर्छौं’, उनले भने, ‘भगवानलाई चढाएपछि मात्र हामीले पनि खान थाल्छौं।’

१२ फिट भगवानको आकृति बनाउन ६ घण्टा लाग्ने र २५ जनालाई खटाउनुपर्छ। र, यसको लागि करिब २५ हजार रुपैयाँ खर्च लाग्छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!