शनिबार, ०८ नोभेम्बर २०२५

एक करोड बैंक ग्यारेन्टी बुझाउँदै रवि, फेरि प्रभुकै भर?

यसअघि कास्की कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा बैंक ग्यारेन्टी बसेको प्रभू बैंक रुपन्देहीमा पनि ग्यारेन्टी बस्न लागेको स्रोतले बतायो। यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की अदालतबाट ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख बैंक धरौटी बुझाएर छुटेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

‘तत्काल प्राप्त प्रमाणबाट लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार देखिएन’

आइतबारको थुनछेक बहसपछि जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक कराेड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तत्काल प्राप्त प्रमाणबाट लामिछानेले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि प्रमाण परिक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरि धरौटीमा छोड्ने आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

रविलाई १ करोड धरौटीमा छाड्न आदेश

रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छोड्ने आदेश दिएको छ। आइतबारको थुनछेक बहसपछि जिल्ला न्यायाधीशन्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक कराेड धरौटीमा रिहा गर्न आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

रविको थुनछेक बहस सकियो, के आउला आदेश?

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा आइतबार लामिछानेका कानुन व्यवसायीहरू, सरकारी वकिल र जाहेरवाला पक्षका वकिलले जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो। जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र रमणकुमार कर्णले जवाफी बहस गरेका थिए। अब केहीबेरमा थुनछेक आदेश आउनेछ। लामिछानेलाई साधारण तारेखमा छोड्ने वा धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश आउनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

रविका पक्षमा रमण श्रेष्ठको बहस, आज फैसला आउने सम्भावना कति?

आइतबार लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका छन्। शुक्रबार रवि पक्षका तीन जना वकिलले बहस गरेका थिए। उनको पक्षबाट बहसका लागि नाम टिपाएका ५ जना वकिलले बहस गर्न बाँकी छ। आज रवि पक्षका पशुपति भण्डारी, नारायणदत्त कंडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

बालिका यौन दुर्व्यवहार आरोपमा मदन राई दोषी ठहर

खोटाङमा आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा अध्ययनरत बालिका र किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत खोटाङले राईलाई दोषी ठहर गरेको हो। न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा राईलाई दोषी ठहर गरेको हो। राईमाथि सजाय निर्धारणका लागि माघ २५ गतेका लागि अर्को पेसी तोकिएको अदालतका सूचना अधिकारी सुदीप भट्टराईले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, चार घाइते

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट करिब पाँच सय मिटर तल खस्दा उनीहरूकाे मृत्यु भएकाे थियाे भने चार जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

पशुजन्य उद्योगका समस्या समाधान गर्ने कृषिमन्त्रीकाे भनाइ

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्न सरकार र मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अहिलेकाे सरकारले विधेयकलाई कानूनमा परिणत गरिरहेकाे छ: प्रकाशमान सिंह

उपप्रधान तथा सहरी बिकासमन्त्री प्रकाशमान सिंहले सरकारले विधेयकहरूलाई कानूनमा परिणत गर्ने र बाँकी रहेका कामहरूलाई जोड दिएर अगाडि बढाउने पक्षमा लागि रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नाबालिका आरोपमा पूर्वशिक्षक पक्राउ

मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ। हेटौंडा –९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एकजना पूर्वशिक्षकलाई पक्राउ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज तराइका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको मधेश प्रदेशको पूर्वी भू–भाग (सप्तरी) तथा कोशी प्रदेशको तराई भू–भाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको छ। तराईका अन्य धेरै स्थानहरूमा पनि हुस्सु–कुहिरो लागेको अवस्था छ। हाल पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाका जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविको थुनछेक बहस हेर्दाहेर्दैमा, आइतबार फ‍ेरि उपस्थित हुनुपर्ने

रुपन्देही जिल्ला अदालतमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारबाट जारी बहस शुक्रबार पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको बयान सकेर थुनछेक बहस भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक थ्रु’) भएको छ। सो अवसरमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश अहिले सुरूङ युगमा प्रवेश गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीद्वारा सिद्धबाबा सुरुङ मार्गको भर्चुअल माध्यमबाट ‘ब्रेक-थ्रु’

प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उदघाटन गर्ने कार्यक्रम रहेपनि स्वास्थ्य प्रतिकूलताका कारण शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेका हुन्। प्रधानमन्त्री ओलीले पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बालविवाह मुक्त नेपाल’का लागि बागमतीका मुख्यमन्त्रीको प्रतिवद्धता

बालविवाह मुक्त नेपालका लागि ‘जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल’का प्रतिनिधि तथा बालबालिकामाझ उनले प्रतीज्ञापत्रमा हस्ताक्षर गरेका हुन्। आफू र आफ्नो सरकार बालविवाह मुक्त अभियानमा प्रतिवद्ध रहेको जनाउँदै मुख्यमन्त्री लामाले यसअघि नै बागमती सरकारले बालविवाह मुक्त गर्नका लागि नीति र कानुनहरू बनाइसकेको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

अख्तियारलाई हर्कको जवाफ- उजुरी लाउने को हो त्यो फटाहा?

मेलम्ची आयोजना, दमक टावर, एनसेल, वाइडबडीजस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्न, अन्यथा तिर्खाएका मानिसहरूको श्राप लाग्ने उनको टिप्पणी छ। हर्कले भनेका छन्, ‘त्यो वाइयात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो? कति दिन श्रमदान गयो? को हो त्यो? बुझेर लेखिपठाउनु होला। धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नबजाको देख्दा!’

बिएल संवाददाता

बिएल संवाददाता - धरान

अबेर राति ‘बर्थडे पार्टी’मा केक खाएपछि ओलीको स्वास्थ्यमा समस्या

चिसोका कारण घाँटीमा समस्या भएपछि बुधबारदेखि ओली प्रधानमन्त्रीको सरकारी निवासमै आराम गरिरहेका छन्। प्रधानमन्त्रीको स्वर भासिएको र क्रमशः सुधार भइरहेको सचिवालयले जनाएको छ। सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार बेलुका बालुवाटारमै एमाले सचिवालय बैठक डाकेर बामदेव गौतमलाई पार्टी प्रवेश गराउने विषयमा छलफल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायतमा नेपाली कलाकारले थाले सुनचाँदी व्यवसाय

नेपालीहरू पहिलेदेखि सुनचाँदीका गहनामा सौखिन रहेका र सुरक्षित लगानीको रुपमा समेत नेपालीहरूले सुन किन्न थालेकाले सुन व्यवसायमा आफूहरू आकर्षित भएको गायक श्यामले बताए। गायक श्यामले भने ‘नेपालमा पनि व्यवसायको थोर-बहुत अनुभव लिएर आएको हुदा नयाँ ठाउँमा नयाँ व्यवसाय सुरु गर्न त्यति धेरै चुनौती छैन। अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रामक व्यापारको रणनीति अपनाएर अगाडी बढ्नेछौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

त्रिपाठीविरुद्ध  उदयपुरका दिलबहादुर राईले काठमाडौं जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता गराएका हुन्। त्रिपाठीले केही सञ्चार माध्यममा रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की र काठमाडौं जिल्ला अदालतका न्यायाधीशको कार्यक्षमतामा प्रश्न उठाइ अमर्यादित, अशोभनीय र अति असंवेदनशिल टिप्पणी गरेको आरोप लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री आज पनि ‘बेड रेस्ट’मा, सबै कार्यक्रम रद्द

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि ओलीको आजको सम्पूर्ण कार्यक्रम रद्द गरिएको छ। आज ओली सिद्धबाबा सुरुङ्ग ब्रेक-थ्रुका लागि पाल्पा जाने कार्यक्रम थियो। तर, चिसोका कारण घाँटीमा समस्या भएपछि बुधबारदेखि ओली प्रधानमन्त्रीको सरकारी निवासमै आराम गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं